मङ्लबार, चैत्र ६, २०८०

प्रमुख प्रशासकिय अधिकृतलाई कार्यालय नछोड्न मन्त्रालयको निर्देशन

काठमाडौ असार ३०, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७५३ स्थानीय तहका प्रमुख प्रशासकिय अधिकृतलाई कार्यालयमा रहन निर्देशन दिएको छ ।

विगत केहि दिन यतादेखिको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढी, पहिरो, डुबानकारण भएको जनधनको क्षतिका कारण सिर्जना भएको विपदको उद्धार र राहत कार्यक्रम तत्काल गर्नुपर्ने भएकाले स्थानीय तहका प्रमुख प्रशासकिय अधिकृतलाई कार्यालय छाडेर कतै नजान निर्देशन दिएको मन्त्रालयद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्तै वज्ञप्तिमा विपद्को प्रभावकारी र समन्वयात्मक ढङ्गले व्यवस्थापन गर्न सबै प्रमुख प्रशासकिय अधिकृतले आ–आफ्नो स्थानीय तह नछाड्न तथा कुनै कारणले कार्यालयमा उपस्थित नभएको भए २४ घण्टाभित्र कार्यालयमा उपस्थित भई कामकाज गर्न निर्देशन दिएको उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।