मङ्लबार, चैत्र ६, २०८०

बाढी–पहिरो अपडेट: मृत्यु हुनेको सख्या ६७ पुग्यो , ३८ घाइते र ३२ जना बेपत्ता

नेपाल प्रहरी र नेपाली सेना खोज, उद्धार तथा राहत वितरणमा सक्रिय

काठमाडौं असार ३० अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी आज अपरान्हसम्म ६७ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीद्दारा जारी बाढी पहिरो अपडेटमा ६७ जनाको मृत्यु भएको यसमध्ये २६ महिला र ४१ पुरुष रहेको जनाएको छ ।

त्यस्तै बाढी तथा पहिरोमा परी ३२ जना बेपत्ता भएको जनाउँनुको अलावा ३९ जना घाइते भएको जनाएको छ । साथै घाइतेहरुको विभिन्न स्थानीय अस्पतालमा उपचार भइरहेको जनाउँदै प्रहरीले प्रभावित जिल्लाबाट एक हजार ४४५ जनालाई सकुशल उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरेको जनाएको छ ।

त्यस्तैगरि पहिरो तथा बाढीका कारण बन्द भएका विभिन्न स्थानका सडक प्रहरीले अवरोध हटाएर सञ्चालनमा ल्याएको छ । त्यस्तै ललितपुर, मकवानपुर, रामेछाप, मुस्ताङ, मनाङ, ओखलढुङ्गा, भोजपुर, रौतहट, महोत्तरी, पाल्पा, कालिकोटलगायत स्थानमा भएको अवरोध हटाउने कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

यसैवीच नेपाली सेनाले मुलुकभर हालसम्म बाढी तथा पहिरोपीडित ७२३ जनाको सकुशल उद्धार गरको छ भने १८६ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुको अलावा बेपत्ता भएकाको खोजीकार्यलाइ रिन्तर जारी राखेको जनाएको छ ।  सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार अविरल वर्षासँगै गएको पहिरोका कारण मुलुकका मुलुकका विभिन्न स्थानका भइरहेको  सडक अवरुद्धतालाइ खुलाउँन नेपाली सेना लागि परेको जनाएको छ ।

त्यस्तै निर्देशनालयलद्वारा जारी विज्ञप्तिमा खोज, उद्धार तथा राहतका लागि सेनाले काठमाडौँमा दुई एमआइ १७, एक एएलएच, एक अगुष्टा र एउटा इक्युरेल हेलिकोप्टर तयारी अवस्थामा राखेको छ भने इटहरीमा एउटा बेल हेलिकप्टर र धनुषामा एउटा एमआइ १७ हेलिकप्टर तयारी अवस्थामा राखेको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।