शनिबार, बैशाख ८, २०८१

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसहित आठ जनाविरुद्ध मुद्दा दायर

काठमाडौ असार ३०,  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति बलभद्रप्रसाद दाससहित आठ जनाविरुद्ध विशेष आज अदालतमा मुद्दा दायर गरेको छ । आज दायर मुद्धामा आयोगले तत्कालीन उपकुलपति दासविरुद्ध रु चार करोड आठ लाख ९८ हजार, रजिष्टार तुलबहादुर श्रेष्ठविरुद्ध रु ५६ लाख ७७ हजार र अस्पतालका निर्देशक अरविन्दकुमार सिन्हाले रु ३ करोड ७५ लाख ३० हजार भ्रष्टाचार गरेको दावी गरेका छन ।

त्यस्तै प्रतिष्ठानबाट विभिन्न मितिमा सेवाको खरीद गर्नेक्रममा खरीद प्रक्रियामा उल्लेख भएका व्यवस्था विपरित बढी कबोल गर्ने बोलपत्रदातालाई बोलपत्रको स्वीकृति तथा सम्झौता गरेको आयोगले जनाएको छ ।

त्यस्तैगरि लेखा प्रमुख दिनेशराज दाहालविरुद्ध रु र्२ करोड ३४ लाख ८१ हजार, उपप्रबन्धक अमित श्रीवास्तवविरुद्ध रु १ करोड ७४ लाख १६ हजार , उपकरण सप्लायर्स प्रोसिजना मेडिकल प्रालि, वायोमेड इन्टरनेशनल प्रालिका चेतन अग्रवाल विरुद्ध , उपकरण आपूर्ति गर्ने वितरक सर्जिमे डिस्टिब्यूटरका उमेश अग्रवालले सामान आपूर्ति गर्दा प्रतिष्ठानका पदाधिकारीसँगको मिलेमतोमा रु ६० लाख ३६ हजार भ्रष्टाचार गरेको अभियोगमा मुद्धा दायर गरिएको प्रवक्ता प्रदीपकुमार कोइरालाद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।