शुक्रबार, बैशाख १४, २०८१

नेकपाको सचिवालय बैठक आज पनि निष्कर्ष विहिन ,अर्को बैठक साउन २८मा

काठमाडौ साउन १३, सत्तारुढदल नेकपाको प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको सचिवालय बैठक पनि निष्कर्षविहिन भएको छ ।पटक पटक स्थगन हुँदै आएको प्रस्तुत बैठकले आज मुलत रक्षामन्त्री इह्वर पोखरेल र पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ वीच ज्म्मिेवारी लिन सवालमा हानाथाप चल्दै गरेको स्कुल विभागको जिम्मेवारीको निरुपण गर्न नेतृत्ववीच सहमति बन्न नसक्दा बैठक निष्कर्ष विहिन भएको हो ।

त्यस्तै आजको बैठकमा नेताहरुवीच छलफल भएको तर कुनै नितिगत निर्णय नभएको बैठक पछि पार्टी प्रवक्ता श्रेष्ठले जानकारी दिनु भएको छ । साथै बजारमा भएको हल्ला जस्तो पार्टीको अन्य विभागको नेतृत्वको सवालमा समेत कुनै निर्णय भइनसकेको बताउँदै उहाले आगामी साउन २८मा बस्ने बैठकले सवै विषयको सम्बोधन गर्ने जानकारी दिएका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।