बिहिबार, बैशाख १३, २०८१

कक्षा १२ को नतिजा सार्वजनिक, यस्तो छ नतिजाको आकंडा

भक्तपुर साउन १३ राष्ट्रिय परीक्षा बोर्डले गत वैशाखमा सञ्चालन गरेको माध्यमिक शिक्षा उत्तिर्ण परीक्षा अर्थात कक्षा १२ को परीक्षाको नतिजा आज सार्वजनिक गरेको छ ।

सार्वजनिक नतिजा अनुसार नियमित, ग्रेडवृद्धि र आंशिकतर्फ गरी कूल चार लाख २८ हजार ६७ परीक्षार्थी सहभागी रहेकोमा नियमिततर्फका कुल दुई लाख ९२ हजार १५३ मध्ये ३ हजार ६७ जना परीक्षार्थीले ३.६१ देखि ४.०० जिपिएसम्म अङ्क प्राप्त गरेका छन । त्यस्तै १६ हजार २०४ जना परीक्षार्थीले ३.२१ देखि ३.६० जिपिए प्राप्त गरेको वोर्डले जनाएको छ ।

साथै वोर्डले साथै वोर्डले कक्षा १२ परीक्षामा क्रमस २.०१ देखि २.४० जिपिए प्राप्त गर्ने ८६ हजार २२७, त्यस्तै १.६१ देखि २.०० जिपिए प्राप्त गर्ने ६२ हजार ६१९ , २.४१ देखि २.८० जिपिए प्राप्त गर्ने ५६ हजार ५०३ , १.६१ देखि २.०० जिपिए ि प्राप्त गर्ने परीक्षार्थीको सख्या ६२ हजार ६१९ र १.२१ देखि १.१६० जिपिए प्राप्त गर्ने परीक्षार्थीको सख्या ३ हजार ५२४ रहेको जनाएको छ । साथै बोर्डले ५७ हजार १७० परीक्षार्थीले आशिंक परीक्षा दिएकामा २३ हजार ९१५ विद्यार्थी उत्तीर्ण भएको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।