शनिबार, बैशाख १५, २०८१

पत्रकार आचारसंहिता ०७३’ संशोधनका लागि काउन्सिलले माग्यो सुझाव

काठमाडौ साउन १३,  प्रेस काउन्सिल नेपालले २०७३ साल असोज ६ गते जारी पत्रकार र सञ्चारमाध्यमको लागि जारी पत्रकार आचारसंहिता समयसापेक्ष बनाउने भन्दै संशोधन गर्ने तयारी गरेको छ ।

काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसाल द्दारा आज जारी सूचनामा यसअघि जारी पत्रकार आचारसंहिता, २०७३ मा कतिपय विषय छुट भएको र समयसापेक्ष संशोधन गर्नुपर्ने गुनासा र सुझावहरु आइरहेको सन्दर्भमा उक्त आचारसंहिता संशोधनको तयारी गरिएको उलेख गरिएको छ ।

साथै जारी सूचनामा संशोधन गर्नुपर्ने विषयमा सरोकारवालाको राय सुझावको लागि पत्राचार गरिएको उल्लेख गर्दै लाइ उपलब्ध गराइदिनुहुन सम्बन्धित सबैमा हार्दिक अनुरोध समेत गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।