शुक्रबार, बैशाख १४, २०८१

डुवान समस्या समाधानका लागि कूटनीतिक पहल आवश्यक: पूर्व प्रम देउवा

काठमाडौं साउन ८,  प्रतिनिधिसभाको आज बसेको बैठक मुलुकका विभिन्न भागमा आएको बाढीपहिरो र डुबानलगायतको विषयमा छलफलका लागि दर्ता भएको सार्वजनिक महत्वको प्रस्तावमा माथिको छलफलमा भाग लिदै नेपाली कांग्रेसका सभापति  एवम पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले बर्षेनी हुने डुबान समस्याको समाधानका लागि कूटनीतिक पहल गर्न सरकारलाइ आग्रह गर्नु भएको छ ।

त्यस्तै उहाँले एक देश अर्को देशलाइ दोषारोपण गर्नु भन्दा पनि  तटबन्धका कारण सिर्जना हुने गरेको डुवानको समस्या सम्बोधनको लागि कूटनीतिक पहल हुनुपर्नेमा उहाँको जोड रहेको थियो । साथै उहाँले प्रभावित क्षेत्रमा सरकारले राहत वितरणमा ढिलाइ गरिरहेको आफु प्रभावित क्षेत्रमा पुग्दा प्रत्यक्ष अनुभव गरेको बताउँदै सरकारले बाढी र डुबान प्रभावित क्षेत्रमा उचित वासस्थान र राहत दिन नसकेको बताउनु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।