बुधबार, बैशाख १२, २०८१

सूचना टाँस गर्दै ससंद बैठक डेढ घण्टाका लागि स्थगन

काठमाडौं साउन ८,  प्रतिनिधिसभाको आज १ बजेका लागि पूर्व निर्धारित बैठक सूचना टाँसेर स्थगन गरिएको छ ।

त्यस्तै संसद् सचिवालकाय महासचिव मनोहरप्रसाद भट्टराईद्वारा आज हस्ताक्षरित सूचनामा अर्को बैठक आजै दिउँसो २ः३० बजे बस्ने
उल्लेख गरिएको छ ।

यसअघि गत असार ३१ गतेको संसद बैठकमा मुलुकका विभिन्न भागमा आएको बाढीपहिरो र डुबानलगायतको विषयमा छलफलका लागि भन्दै प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेस राजपाले दर्ता गराएको सार्वजनिक महत्वको प्रस्तावमा छलफल हुनु पूर्वनै  दर्ता गरिएको सार्वजनिक महत्वको प्रस्तावको सवालमा सत्तापक्ष र प्रतिपक्षबीच संसद् सञ्चालनका विषयमा मत बाझिएसंगै सूचना टाँसेर  बैठक स्थगन गरिएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।