शुक्रबार, बैशाख ७, २०८१

ससंद बैठक: राहत र अनुदान वितरणमा विभेद नगर्न सरकारको ध्यानाकर्षण

सार्वजनिक महत्वको प्रस्तावमा माथि छलफल

काठमाडौं साउन ८, प्रतिनिधिसभाको आज बसेको बैठक मुलुकका विभिन्न भागमा आएको बाढीपहिरो र डुबानलगायतको विषयमा छलफलका लागि भन्दै प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेस राजपाले दर्ता गराएको सार्वजनिक महत्वको प्रस्तावमा माथि छलफल भएको छ ।छलफलमा भाग लिदै मुलुकमा सिर्जना भएको प्राकृतिक संकटको समयमा सवैजना एकाकार हुनुपर्नेमा जोड दिदै सासदहरुले एजेण्डामा राजनीति गर्न नहुँने बताएका छन ।

त्यस्तै सांसद प्रदीप गिरीले प्राकृतिक प्रकोपबाट जनधनको क्षति भएको सयमा सत्तारुढदल प्रतिपक्षीदल लगायत सवै एकाकार हुनुपर्नेमा
दर्ता भएको प्रस्तावमाथि छलफल नै नगरी बैठक स्थगन गर्नु भनेको सरकारको तर्फबाट ससंदको सर्वोच्चतामाथि भएको प्रहार भएको बताउँनु भएको छ ।

त्यस्तै छलफलमा माग लिदै सासंदहरु गगन थापा राजेन्द्र महतो मीना पाण्डे ,योगेश भट्टराई मीन विश्वकर्मा, अमरेशकुमार सिंह, विशाल भट्टराई, डिला सङ्ग्रौला, नवराज सिलवाल,पद्मनारायण चौधरी, दीलेन्द्रप्रसाद बडू। राधा ज्ञवाली, विरोध खतिवडालगायतले बाढीपहिरो र डुबान हरेक वर्ष हुने घटना भएकाले सरकारले यस किसिमको घटनाबाट हुने जनधनको क्षति न्यूनीकरण गर्न पूर्वतयारी  लाइ प्राथमकितामा राखेर काम गर्नु आवश्यक रहेको भन्दै सरकारलाई यसको लागि क्रियाशील  हुन सुझाव दिदै बाढीपहिरो र डुबान प्रभावित क्षेत्रमा राहत वितरणको क्रममा र ज्यान गुमाउनेका परिवारलाई दिइने अर्थ अनुदानमा विभेद नगर्न संघीय सरकार प्रदेश सरकारको ध्यानाकर्षण गराउनु भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु