शनिबार, बैशाख १५, २०८१

कमजोर मनसुनका कारण उपत्यकामा अत्याधिक गर्मी महसुस: महाशाखा

काठमाडौ असार १८,  नेपालको पूर्वी क्षेत्र हुँदै भित्रिएको मनसुन पूर्ण सक्रिय हुन् केहि दिन लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसअघि महाशाखाले गत असार ५ गते मनसुन भित्रिएको सार्वजनिक जानकारी प्रवाह गरेको थियो । तर पछिल्लो समय मनसुन सक्रिय नहुँदा देशभर यत्र तत्र सर्वत्र गर्मी बढेको छ ।

त्यस्तै पूर्णरुपमा मनसुन सक्रिय हुन नसक्दा काठमाडौँ उपत्यकामा बिहान र साँझपख हल्का वर्षा भएपनि चर्को घाम र बदली वीच फयुजन हुन नसकेका कारण उपत्यकाका बर्ढी गर्मी महसुस भएको महाशाखाको बुझाइ रहेको छ । फलस्वरुप तीन दिनयता काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम ३१ देखि ३२ दशमलव ५ डिग्री सेल्सियससम्म पुगेको महाशाखनले जनाएको छ ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।