शुक्रबार, चैत्र १६, २०८०

बैंकिङ कसुरको अभियोगमा बैकका कर्मचारी ढकाल सहित ३ पक्राउ

काठमाडौ असार १८,  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बैंकिङ कसुरको अभियोगमा कृषि विकास बैंकका कर्मचारी छविलाल ढकाल सहित ३ जनालाई पक्राउ गरेको छ ।

व्यूरो द्दारा आज जारी विज्ञप्तिमा बैकका कर्मचारी ढकालले कृषि विकास बैंक रत्नपार्क कार्यालयको छाप, दस्तखत तथा लेटरप्याडसमेत अनाधिकृत रुपमा प्रयोग गरी ‘एड्भान्स पेमेन्ट ग्यारेण्टी’ तयार गरेर बैंकलाई हानीनोक्सानी पु¥याउँने काम गरेको अनुसन्धानको क्रममा खुलेको जनाएको छ ।

त्यस्तै ब्यूरोले विज्ञप्तिमा प्रस्तुत प्रकरणमा , ठेकेदार कम्पनी एमएस एमके र वाइपीका प्रतिनिधि धनकुटा, महालक्ष्मी नगरपालिकाका रणधिर तुम्बा, र ललितपुर महालक्ष्मी नगरपालिकाका देवजङ्ग शाहीलाइ समेत पक्राउ गरेको जनाउँदै ३ वर्षअघि रु एक करोड १० लाखको ‘एड्भान्स पेमेन्ट ग्यारेण्टी’ तयार गरी बैंकिङ अपराध गरेको जनाएको छ । त्यस्तै निजत्रय विरुद्ध पाटन उच्च अदालतबाट म्याद थप गरी बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम आवश्यक अनुसन्धान गरिरहेको जनाउदै ब्यूरोद्दारा जारी विज्ञप्तिमा २०७३ साल असारमा साविक भोजपुर प्राविधिक कार्यालय र ठेकेदार कम्पनी एमएस एमके र वाइपीका बबरमहल काठमाडौँबीच भोजपुर– टक्सारकोट–गोगने–लेखर्क सडक स्तरोन्नतिको लागि रु बाह्र करोड ५५ लाख ९७ हजारमा ठेक्का सम्झौता हुँदा नक्कली जमानत पेश गरेको खुल्न आएको उल्लेख गरिएको छ ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।