शनिबार, बैशाख १५, २०८१

सर्वोच्चद्दारा अदालतलाई असहयोग गर्ने आयोगका सचिवलाई कारवाहीको आदेश

काठमाडौं जेठ २४ , सर्वोच्चका न्यायाधीशद्दय ईश्वरप्रसाद खतिवडा र सपना मल्लको संयुक्त इजलासले आयोगले अदालतलाई सहयोग नगरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिवसहितका कर्मचारीलाई कारवाही गर्ने आदेश जारी गरेको छ ।

आयोगद्दारा दर्ता गरिएको मुद्दाको सुनवाइ गर्दै विशेष अदालतले २०६९ साउन १० मा पूर्व मन्त्री गोविन्दराज जोशीलाई अकूत सम्पत्ति आर्जनमुद्दामा भ्रष्टाचारी ठहर गर्दै रु चार करोड ३२ लाखसहित अदालतले डेढ वर्ष कैद सजायको फैसला सुनाएको भ्रष्टाचारको मुद्दाको फाइल आयोगले समयमा पेश नगरी अदालतको कार्य सम्पादनमा आलटाल गरेको आदेशमा जिकिर गरिएको छ । स्मरण रहोस विशेष अदालतले आयोगद्दारा दर्ता गरिएको मुद्दाको सुनवाइ गर्दै २०६९ साउन १० मा पूर्व मन्त्री जोशीलाई अकूत सम्पत्ति आर्जनमुद्दामा भ्रष्टाचारी ठहर गर्दै रु चार करोड ३२ लाखसहित अदालतले डेढ वर्ष कैद सजायको फैसला सुनाएको थियो ।

त्यस्तै जारी आदेशमा २०७० साल भदौदेखि पटक पटक अभिलेख कागजात उपलब्ध गराउने आदेश गर्दा अहिले करीब पाँचवर्षसम्म बितिसक्दा आदेशअनुसार आवश्यक अभिलेख कागजात उपलब्ध आलटाल गर्दै न्याय सम्पादन प्रक्रियामा सहयोग नगरी अवरोध गरेको ठकर गर्दै आयोगका सचिव र सम्बन्धित अन्य अधिकृत एवम् कर्मचारीहरुसमेतलाई न्याय प्रशासन ऐन,२०७३ को दफा १७ अनुसार कारबाही र सजाय किन गर्नु नपर्ने हो ? भन्दै आदेश जारी भएको १५ दिन भित्र मुद्दाको सक्कलै मिसिल, फाइल तथा सम्बन्धित रजिष्ट्ररसमेत लिई आयोगका सचिव स्वयंलाई अदालतमा लिखित जवाफसहित उपस्थिति हुन भनिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।