शुक्रबार, बैशाख १४, २०८१

येंगाः स्थित नाट्यश्वरको मन्दिरको जिर्णोद्धार सम्पन्न

काठमाडौं जेठ २४ , राजधानीको येँगाः इकुबहा स्थित प्यागोडाशैलीको नाट्यश्वरको मन्दिर जिर्णोद्धार सम्पन्न भएको छ । मुलत स्थानिय येँगा ज्याबहाल वरिपरिका ज्यापु समुदायका गुथीहरुको आस्थाको केन्द्र नाट्यश्वरको मन्दिरको जिर्णोद्धार २०७० सालमा शुरु भएपनि विविध कारणले पूर्णता पाउँन सकिरहेको थिएन ।

मन्दिर जिर्णोद्धार समितिको अगुवाईमा करिब ७ लाखको लागतमा जिर्णोद्धार गरिएको यस मन्दिरको संघीय संसदका सांसद कृष्णगोपाल श्रेष्ठले जिर्णोद्धारका लागि सहयोग गर्नु हुँने चन्दा दाताको नाम अंकित शिलापत्रको अनावरण गर्नु भएको थियो

जिर्णोद्धार समितिका अध्यक्ष राम महर्जनको सभापतित्वमा सम्पन्न कार्यक्रममा महानगर प्रमुखविद्या सुन्दर शाक्य, प्रदेश सासद डा. अजयक्रान्ति शाक्य, हनुमानढोका दरबार संरक्षण कार्यक्रमका प्रमुख उदयबहादुर पसःखलः लगायतको उपस्थिति रहरको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।