शुक्रबार, चैत्र १६, २०८०

कैलाली र कञ्चनपुरमा भीषण हावाहुरी ,२ को मृत्यु दर्जनौ घाइते

काठमाडौ जेठ २४, सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुर बिहीबार साँझ आएको भीषण हावाहुरीका कारण व्यापक धनजनको क्षति गरेको समाचार प्राप्त भएको छ । साँझ ८ बजेतिर कैलाली र कञ्चनपुर जिल्लाका अधिकांश स्थानमा भीषण आँधीहुरीबाट २ को मृत्यु हुनुको अलावा दर्जनौ घाइते भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।
 
त्यस्तै घाइते मध्ये केहीको अवस्था गम्भीर रहेको त्यस्तै हावाहुरीकै कारण सयौं घरका छानाहरु उडाएको जिल्ला प्रहरी कार्यालय कैलालीलाइ उदृत गर्दै प्राप्त समाचारमा उल्लेख गरिएको छ ।
 
यद्यपी यो समाचार तयार पार्दासम्म आँधीहरुबाट जिल्लाभरका जनजीवन पूर्णत प्रभावित बनेको र उद्दारकार्य जारी रहेकाले जनाउँदै थप मानवीय ताथा भौतिक क्षतिको विवरण आउन बाँकी रहेको जनाएको छ । साथै उद्दारको क्रममा कतिपय स्थानमा रुढ ढल्दा बाटो अवरुद्ध हुनुका साथै विद्युत् आपूर्तिसमेत बन्द भएका कारण समस्या थपिएको बताईएको छ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।