शुक्रबार, बैशाख १४, २०८१

व्यक्तित्व विकासका लागि संस्थागत पहिचान नयाँ आयाम : पूर्वमन्त्री जोशी

 तिरहुतेको अध्यक्षमा भक्तराम

काठमाडौं असार ७ , उपत्यकाका अल्पसख्यक रैथाने तिरहुते ब्राम्हणहरुको आधिकारिक संस्था तिरहुते ब्राम्हण सेवा समितिको नवौ साधारण सभाको उद्घाटनसत्रलाइ सम्बोधन गर्दै पूर्व उद्योगमन्त्री एवम नेपाली काँग्रेसका केन्द्रीय सदस्य नविन्द्रराज जोशीले व्यक्तिको व्यक्तित्व विकासका लागि संघसस्थाको महत्वपूर्ण भूमिका रहने र संस्थागत पहिचनाबाटनै व्यक्तित्व विकासमा नयाँ आयाम सिर्जना हुँने बताउँनु भएको छ ।

त्यस्तै उहाँले मुलुकको पछिल्लो विकसित घटनाक्रम अन्र्तगत गुठी विधेयकमा राज्यले देखाएको अनुदार प्रवृति गुठी सम्वद्ध संघसंस्था र समितिको दवावका कारण राज्य सरकार पछाडि हट्न वाध्य भएको अवस्थालाइ विचार गर्ने हो भने संघ संस्थाको प्रभाव आफैमा पुष्टि हुने बताउँदै यदाकदा संघ संस्थामा देखिने गरेको आरोह अवरोहका कारण निरास हुन नहुँनेमा जोड दिनु भएको छ ।

साथै संस्थामा लागिसेपछि व्यक्तिप्रधान सोचलाइ पूर्णत समाप्त गर्दै सामुहिक उन्नयनका लागि प्रतिवद्ध हुन आवश्यक रहेको भन्दै समितिको अधिवेशनको सफलताको कामना सहित आफ्नो तर्फबाट हुन सक्ने कुनैपनि सहयोगका लागि हरदम प्रतिवद्ध रहेको बताउँनु भएको छ ।

त्यस अवसरमा उहाँले समितिका संस्थापक अध्यक्ष गुरुदत्त मिश्र, सल्लाहकार दिव्यचरण झा र स्व: भरत गोपाल झाका जीवनसारथी अम्विका झालाइ समितिको तर्फबाट अभिनन्दन गर्नु भएको थियो । त्यस्तै समितिका अध्यक्ष शिवचन्द्र झाको सभापतित्वमा सम्पन्न प्रस्तुत कार्यक्रममा उपाध्यक्ष केशव मिश्रले स्वागत मन्त्व्य दिनु भएको थियो भने समितिका पूर्व अध्यक्ष राजन मिश्र र संस्थापक अध्यक्ष गुरुदत्त मिश्रले सम्मानीत व्यक्तित्वहरुको तर्फबाट वोल्नु भएको थियो ।

भक्तरामको अध्यक्षतामा निर्वाचित तिरहुते ब्राम्हण सेवा समितिको ११ सदस्यीय नयाँ कार्य समिति :  यसैवीच अधिवेशनले आगामी २ वर्षका लागि भक्तराम ओझाको अध्यक्षतामा ११ सदस्यी नयाँ कार्यसमितिको समेत निर्विरोध चयन गरेको छ । निर्विरोध निर्वाचित कार्य समितिको उपाध्यक्षमा राधेश्याम मिश्र,सचिवमा अमृतनाथ मिश्र, सहसचिवमा सुजन झा र कोषाध्यक्षमा प्रभावकरलाल झा रहनु भएको छ ।  त्यस्तैगरि कार्यसमिति सदस्यहरुमा क्रमस कृष्णचन्द्र झा , सूर्यगोपाल झा , केशव मिश्र, सुमनदत्त मिश्र, सहन मिश्र र श्रीमला मिश्रलाइ चयन गरिएको समितिका निवर्तमान सचिव श्रीजन झाले जानकारी दिनु भएको छ । 

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।