शुक्रबार, बैशाख ७, २०८१

सरकारद्दारा प्रतिबन्धित विप्लव’ नेतृत्वको नेकपाद्दारा १० गते नेपाल बन्दको आव्हान

काठमाडौं असार ८,  सरकारद्दारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पार्टीका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेल मारिएपछि नेपालबन्द सहितका आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

ओली नेतृत्वको सरकारले मुठभेडका नाममा देशव्यापी रुपमा निशस्त्र कार्यकर्ता माथिको हत्याश्रृंखला बढाएको विरोधमा ४ दिने आन्दोलनका कार्यक्रम घोषणा गरिएको नेकपाका महासचिव विप्लवले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा असार ५ गते भएको पौडेल हत्याकाण्डको छानविनको माग गर्दै असार ७ गते प्रचार–प्रसार, ८ गते कोणसभा तथा घरदैलो ९ गते मसाल जुलुस र १० गते नेपाल बन्दको आव्हान गरिएको उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2019
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31