बुधबार, बैशाख १२, २०८१

सडक पिचको लागि तत्काल पहलकदमी लिने प्रतिवद्धता

काठमाडौं असार ६ , कामपा वडा न १७ स्थित स्थानीय स्वयम्भु मार्ग सडक लामो समय देखि कालोपत्रे हुन नसक्दा स्थानीयवासीले खेप्दै आएको धुलो, हिलो र धुवाँको समस्याबाट आजित सो सडकखण्ड स्थानीयले आज विरोध सभाको आयोजना गरेका छन ।

विरोधसभामा स्थानइले तत्काल सडक पिच गर्ने तर्फ पहल नभए सडक बन्द गर्ने चेतावनी दिएसंगै त्यस क्षेत्रबाट निर्वाचित संघीय सासंद रामविर मान्न्धर, वडा न १७ का वडाध्यक्ष नविन मान्नधर लगायतले सडक पिचको लागि तत्काल पहलकदमी लिने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।

साथै संघीय सासंद मान्नधरले सम्बन्धित विभाग र ठेकेदारसंग  सम्पर्क गर्दै सडक कालोपत्रे गर्नका लागि के गर्दा हुन्छ आफुले गर्न कुनै कसर बाँकी नराख्ने जनाउ दिनु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।