शनिबार, बैशाख १५, २०८१

एसइईको नतिजा सार्वजनिक, नियमिततर्फ ४ लाख ४९ हजार ६४२ जना उत्तीर्ण

काठमाडौ असार १२,  परीक्षा नियन्त्रण कार्यालयले चार लाख ७५ हजार परीक्षार्थी सहभागी रहेको एसईई परीक्षा २०७५को नतिजा प्रकाशित गरेको छ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार नियमिततर्फ ४ लाख ४९ हजार ६४२ जना उत्तीर्ण भएका छन् भने प्राविधिकतर्फ ९ हजार ६३३ जना उत्तीर्ण भएका छन् ।

राष्ट्रिय परीक्षा बोर्डले आज प्रकशित गरेको नतिजा अनुसार  जीपीए ३.६० देखि जीपीए ४.० ल्याउने परीक्षार्थीको संख्या १७,५८० रहेको छ । त्यस्तै जीपीए ३.२० देखि जीपीए ३.६० ल्याउने परीक्षार्थीको संख्या ५१,१३७ रहेको छ ।

त्यस्तै जीपीए २.८० देखि जीपीए ३.२० ल्याउने परीक्षार्थीको संख्या ६३,७४१ रहेको छ । जीपीए २.४० देखि २.८० ल्याउने परीक्षार्थी ७६,५६४ रहेका छन् । त्यस्तै २.०देखि २.४० ल्याउने परीक्षार्थी ९८,२०७ रहेका छन् । त्यस्तै जीपीए १.६० देखि २.० जीपीए ल्याउने परीक्षार्थी ९५,३०७ रहेका छन् । त्यस्तै जीपीए १.२० देखि १.६० जीपीए ल्याउने परीक्षार्थीको संख्या ४३,८४१ रहेको छ ।

एसईई परीक्षाको नतिजा एसएमएस वा वेवसाइटहरुबाट हेर्न सकिनेछ । १६०० मा कल गरेपछि निर्देशन अनुसार सिम्बल नम्बर टाइप गरेपछि नतिजाको जानकारी थाहा पाउन् सकिने छ । नेपाल टेलिकमको   मोबाइलबाट   अक्षरसहितको सिम्बोल नम्बर टाइप गरी १६०० मा सन्देश पठाउनु पर्छ । ३१००३, ३१००७, ३४९४९, ३५००१ मा आफ्नो पछाडिको अक्षरसहितको सिम्बल नम्बर एसएमएस पठाएपछि नतिजा हेर्न सकिनेछ  बोर्डले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।