बुधबार, बैशाख १२, २०८१

लोकतन्त्र माथि आँच आउने गतिविधिलाई नियन्त्रण गर्नु सरकारको दायित्व : प्रवक्ता बाँस्कोटा

यी हुन् म.प बैठकका २० बुँदे निर्णय

झुटो विवरण पेस गरी क्रमस सप्तरी जिप्रका १ धनुषा २ र रौतहट जिप्रकाबाट २ जनाले लिएका भारतीय नागरिकको नेपाली नागरिकता खारेज गर्दै नागरिकता वितरण गर्ने अधिकारी र दोषीहरुलाई कारबाही गर्न निर्देशन

काठमाडौ असार १२ , सरकार प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले गत असार ५ र ८ गते बसेको मन्त्रिपरिषद् बैठकका २० बुँदे निर्णयहरु सार्वजनिक गर्न आज सञ्चारमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारले ‘क्लिन फीड’ नीति लागू गराउन कुनै पनि कसर बाँकी नराख्ने बताउँदै प्रस्तुत नितिले नेपाली मौलिकताको प्रवद्र्धन गर्ने नेपाली पन, नेपाली गौरवलाइ बढावा दिने जिकिर गर्नु भएको छ । यसवीचमा व्यवसायीको विरोधको कुनै अर्थ नरहेको बताउँनु भएको छ ।

साथै उहाँले सरकारको तर्फबाट नेत्रविक्रम चन्द समूहसंग पटक पटक वार्ताका लागि प्रयास गर्दासमेत नआएको भन्दै विप्लवको क्रियाकलाप प्रतिक्रान्तिकारी संविधान विरोधी भएको बताउँनु भएको छ । विप्लवको पछिल्लो त्रियाकलाप फाँसीवाद र आपराधिक भएको बताउँदै मुलुकको शान्ति सुरक्षा माथि खलल पु९याउने, शान्ति स्थिरता र लोकतन्त्र माथि आँच आउने गतिविधिलाई नियन्त्रण गर्नु सरकारको दायित्व भएको र यहि अनुरुप कारवाही गरिएको जनाउ दिनु भएको छ ।

त्यस्तै प्रवक्ता मपको निर्ण सार्वजनिक गर्दै बाँस्कोटाले झुटो विवरण पेस गरी क्रमस सप्तरी जिप्रका १ धनुषा २ र रौतहट जिप्रकाबाट २ जनाले लिएका भारतीय नागरिकको नेपाली नागरिकता खारेज गर्दै नागरिकता वितरण गर्ने अधिकारी र दोषीहरुलाई कारबाही गर्ने निर्देशन दिइएको जानकारी दिनु भएको छ ।

त्यस्तै बैठकले पाँचजना प्रमुख सेनानीहरूलाई महासेनानी दर्जामा पदोन्नति गरी पदस्थापन गर्ने निर्णय गरिएको जानकारी दिदै मकवानपुरको थाहा नगरपालिका वडा नम्बर–९ स्थित स्वच्छन्द भैरव माध्यमिक विद्यालयको १७९ रोपनी १२ आना २ पैसा जग्गा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको भोगाधिकार प्रदान गर्ने निर्णय गरिएको समेत जानकारी दिनु भएको छ ।

मन्त्रिपरिषद् बैठकका बाँकी निर्णयहरु पढ्न यहाँ क्लिक गर्नोस्

 

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।