शुक्रबार, बैशाख १४, २०८१

एसईई प्रश्नपत्र प्रश्नपत्र चोरी प्रकरणमा संलग्न २ प्रहरीसहित ६ जना सार्वजनिक

काठमाडौं चैत २१ ,  एसईई परीक्षा को प्रश्नपत्रको सुरक्षाका लागि खटिएका प्रहरी नै प्रश्नपत्र चोरीमा संलग्न रहेको खुलासा भएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिबीआइ)को टोलीले आइटी विशेषज्ञको सहयोगमा सुक्ष्म अनुसन्धान र छानविन गर्दै प्रश्नपत्र चारीमा संलग्न मुख्य नाइके सिरहाको कल्याणपुर प्रहरी चौकीमा कार्यरत प्रहरी जवान ब्रह्मदेव सुनरैत सहित उनका दाजु विष्णुदेव सुनरैत, प्रहरी चौकी कल्याणपुरमै कार्यरत अर्का प्रहरी जवान दिपेन्द्र कुमार मण्डल, शिक्षक मनोज यादव, राजेश यादव र उमेश यादवलाई बिहीवार सिबीआइले पत्रकार सम्मेलन माफएत सार्वजनिक गरिएको हो

प्राप्त समाचारमा उल्लेह गरिए अनसरि सुनरैतले प्रहरी साथीलाई प्रश्नपत्र चोरेर सहयोग गर्ने तथा प्रश्नपत्र बिक्री गरेर लाखौं कमाउने नियतले आफुले यस किसिमको अपराध गरेको स्वीकारेको बताउँदै विज्ञान विषयको परीक्षाका दिन प्र्रवेशपत्रको फोटो उप्काएर दाजु विष्णुदेवको फोटो टास गरी उनैलाई मण्डलको सट्टामा परीक्षामा परीक्षार्थीको रुपमा सहभागी समेत गराएको जानकारी दिएको उल्लेअ गरिएको छ ।

पत्रकार सम्मेलनमा दिइएको जानकारप् अनुसार अभियुक्तहरुमध्ये ब्रह्मदेव र दिपेन्द्रलाई प्रहरी ऐन अनुसार विभागीय कार्वाहीका अतिरिक्त अन्य कार्वाही शिक्षक यादवसहित अन्य चारजनालाई प्रचलित कानून बमोजिम कार्वाही गरिने उल्लेख गरिएको छ ।

  तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।