बिहिबार, चैत्र १५, २०८०

मन्त्रिपरिषद् बैठकको निर्णयः अत्यावश्यक सेवामा हडताल गर्न निषेध

हावाहुरीपीडितको घर सरकारले बनाउँने यसको जिम्मा नेपाली सेनालाई दिने निर्णय


काठमाडौं चैत २१, गत चैत १४ गते बसेको मन्त्रीपषिदको बैठकको निर्णय सार्वजनिक गर्दै सरकार प्रवक्ता एवमे सञ्चारमन्त्री गोकुल प्रसाद बास्कोटाले सार्वजनिक हितका लागि अत्यावश्यक सेवा अन्र्तगत टेलिफोन, जल, स्थल वा हवाई यातायात, रेलमार्ग, सन्चार क्षेत्र, खानेपानी वितरण तथा सन्चालन, पर्यटन, होटल, पेट्रोलियम पदार्थ, एलपी ग्यास, अस्पताल, एम्बुलेन्स, औषधि उत्पादन, फोहरमैला व्यवस्थापन, विद्युत्, दैनिक खाद्यवस्तु, बैंक, बिमालगायतका क्षेत्रमा हडताल गर्न नपाइने र यसको लागि आवश्यक व्यवस्था सहितको सूचना छिट्टै राजपत्रमा प्रकाशित हुने जानकारी दिनुभएको छ ।

त्यस्तै उहाँले आइतबार राती बारा र पर्सामा आएको आँधीबाट प्रभावितको घर सरकारलु बनाइदिने यसको जिम्मा नेपाली सेनालाई दिने निर्णय भएको जानकारी दिनु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।