शुक्रबार, चैत्र १६, २०८०

नेपाल बारमा अध्यक्षसहित २३ पदमा प्रगतिशिल समूहको वर्चस्व (मतपरिणाम सहित)

महासचिवमा लोकतान्त्रिक समूहका उम्मेदवार लीलामणि पौडेल विजयी

काठमाडौं चैत २१ , नयाँ नेतृत्वका लागि गत शनिबार काठमाडौं उपत्यकासहित देशभरिका ३५ मतदान केन्द्रमा भएको निर्वाचनबाट कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनको अध्यक्षमा प्रगतिशील समूहका चण्डेश्वर श्रेष्ठले एकसय ४९ मतान्तरमा निकटतम् प्रतिस्पर्धी लोकतान्त्रिक समूहबाट अध्यक्षका उम्मेदवार बनेका सुनील पोखरेललाइ पराजीत गर्दै विजयी भएका छन् ।

आज सम्पन्न मतगणना परिणाम अनुसार श्रेष्ठले ४ हजार २२ मत प्राप्त गरी विजयी घोषित हुँदै गर्दा निकटतम् प्रतिस्पर्धी पोखरेलले ३ हजार ८७३ मत प्राप्त गरेका थिए । तर महासचिवमा भने लोकतान्त्रिक समूहका उम्मेदवार लीलामणि पौडेलले प्रगतिशील समूहका सुरेन्द्र थापामगरलाई चारसय ७७को फरक मतान्तरमा पराजित गर्दै पौडेल निर्वाचित भएका हुन् ।

पौडेलले चार हजार १७८ मत प्राप्त गर्दै गर्दा थापामगरले ३ हजार ७०१ मत पाप्त गरेको निर्वाचन समितिले जनाएको छ । २५ सदस्यी कार्य समितिमा पदाधिकारीतर्फ पनि प्रगतिशीलको बहुमत रहेको छ ।

यस्तो छ मतपरिणामको पूर्ण विवरण :

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।