शुक्रबार, बैशाख १४, २०८१

हावाहुरीबाट भएको जनधनको क्षतिप्रति पूर्वराजा शाहद्दारा दु:ख व्यक्त

काठमाडौ चैत १८ , पूर्वराजा ज्ञानेन्द्र शाहले बारा र पर्सा जिल्लामा आइतवार सांझ आएको हावाहुरीबाट भएको जनधनको क्षतिप्रति दु:ख व्यक्त गर्नु भएको छ ।
त्यस्तै उहाँले जारी गर्नु भएको समेदना सन्देशमा हावाहुरी, असिनापानीबाट बारा, पर्सालगायतका जिल्लाहरुमा भएको ठूलो जनधनको क्षतिको खबर सुन्दा स्तब्ध भएको बताउँदै प्राकृतिक बिपदको घडीमा दिवंगत आत्माप्रति श्रद्धाभाव राख्दै पिडीत जनहरूमा समबेदना प्रकट गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नु भएको छ ।

साथै घाईतेहरूको शिध्र स्वास्थलाभको कामना पनि गर्दछु भन्नु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।