बिहिबार, चैत्र १५, २०८०

हावाहुरीका कारण बारा र पर्सामा मृत्यु हुनेको सख्या ३५ पुग्यो

प्रधानमन्त्री ओली पूर्व निर्धारित कार्यक्रम स्थगन गर्दै हावाहरी प्रभावित जिल्ला जादै , उद्धार तथा राहतमा कुनै कमि हुन नदिन गृहमन्त्रीको निर्देशन

काठमाडौं चैत १८ ,आइतवार अपरान्ह आएको असिना पानीसँगै बारा पर्सालगायतका जिल्लामा ठूलो जनधनको धेरै क्षति भएको जानकारी पाएपछि ओलीले पूर्वनिर्धारित सबै कार्यक्रमहरु स्थगित प्रधानमन्त्री केपी ओली गृह जिल्ला झापाका सबै कार्यक्रम स्थगित गरेर प्रदेश २ को हुरी प्रभावित जिल्ला जाने भएका छन् । ओली झापाका सबै कार्यक्रमहरु स्थगित गरेर हुरी प्रभावित जिल्ला जान लागेका हो ।

आइतवार अपरान्हको हावाहुरीका कारण बारा र पर्सामा ३५ जनाको मृत्यु भएको छ । प्रदेश २ सरकारलाइ उदृत गर्दै प्राप्त समाचारमा उल्लेख गरिए अनुसार बारामा ३४ र पर्सामा १ जनाको मृत्यु भएको विवरण उल्लेख गरिएको छ भने रौतहटमा समेत गरी ५ सय बढी घाइते भएको जनाईएको छ । त्यस्तै हावा हरीबाट घाइतेको बारा र पर्साका विभिन्न अस्पतालमा उपचार भइरहेको जनाउँदै घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताईएको छ ।

यद्यपी आज नेपाली सेना र प्रहरीले बिहानैबाट उद्दार जारी बताउँदै  केन्द्र सरकारले समेत उद्धारका लागि टोली परिचालन गरेको जनाएको छ । उद्धारका लागि ठूलो संख्यामा नेपाली सेना खटिएका छन् । भोकभोगै रहेका पीडित र घाईतेका लागि स्थानीय संघसंस्था, सुरक्षानिकाय लगायतले चिया बिस्कुट सहितका खानेकुरा राहतस्वरुप वितरण गरेको उल्लेख गरिएको छ ।

यसैवीच गृहमन्त्री रामबहादुर थापाले आइतबार साँझ बारा र पर्सामा आएको भिषण हावाहुरीले ठूलो जनधनको क्षति र्पुयाएको भन्दै दुःख प्रकट गरेका छन् । मन्त्री थापाले घटनालगत्तै उद्धार तथा राहतमा कुनै कमि हुन नदिन निर्देशन दिदै राहत तथा उद्धारमा सुरक्षा निकाय परिचालन गरिएको जानकारी पनि दिएका छन् ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।