मङ्लबार, चैत्र ६, २०८०

महानगरद्दारा एम्बुलेन्स सेवाको शुभारम्भ

काठमाडौं बैशाख १५,  अस्पताल पूर्वको आकस्मिक स्वास्थ्य सेवाको अभावमा हुने जुनसुकै किसिमको क्षति कम गराउन काठमाडौं महानगरले नेपाल एम्बुलेन्स सेवासँगको सहकार्यमा एम्बुलेन्स सेवाको शुभारम्भ गरेको छ ।   आइतबार काठमाडौंको राष्ट्रिय सभा महानगरका प्रमुख बिद्यासुन्दर शाक्य र नेपाल एम्बुलेन्स सेवाका अध्यक्ष रञ्जित आचार्यले संयुक्त व्यवस्थापनमा अस्पताल पूर्व आकस्मिक स्वास्थ्य सेवा अर्थात एम्बुलेन्स सेवासञ्चालन तथा व्यवस्थापनका लागि सम्झौता–पत्रमा हस्ताक्षर गर्दै प्रस्तुत सेवाको शुभारम्भ गरेको हो ।

सहमति पत्रमा हस्ताक्षर एवं सहकार्य शुरुवात् कार्यक्रममा वोल्दै महानगर प्रमुख शाक्यले एम्बुलेन्स चढ्ने चाहना कसैको हुँदैन तर नचढी पनि हुँदैन यसअर्थमा हरेक नागरिकको जीवनसँग यो सेवा जाडिएको बताउँदै महानगरले मानव जीवन रक्षाका लागि महानगरले बैशाख १५ गतेका दिन महानगरबासीका लागि ऐतिहासिक कार्यारम्भको थालनी गरेको बताउँनु भएको छ ।  त्यस्तै कार्यक्रममा महानगरकी उपप्रमुख हरिप्रभा श्रेष्ठ खड्गीले एम्बुलेन्स सेवाबाट करदाताले तिरेको करमा न्याय भएको बताउनु भएको छ ।

कार्यक्रमम मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले एम्बुलेन्स सेवामा महानगरको सहकार्यलाई अहिलेसम्मकै उत्कृष्ट कार्यक्रमका रुपमा चर्चा गर्दै प्रस्तुत निर्णय आफु कामपामा भएका महत्वपूर्ण निर्णय भएको बताउँनु भएको छ ।  कार्यक्रममा पाटन स्वास्थ्य प्रतिष्ठानका उपकुलपति डा। भरतकुमार यादव ल काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी एवं एम्बुलेन्स व्यवस्थापन समितिका संयोजक रामप्रसाद आचार्य एम्बुलेन्स सेवाका अध्यक्ष रञ्जित आचार्य लगायतले वोल्नु भएको थियो ।

त्यस्तै सम्झौताबमोजिम आगामी ५ बर्षका लागि ७० वर्ष पूरा भएका जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई यो सेवा निःशुल्क उपलब्ध हुनेछ । त्यस्तै वडा कार्यालयको शिफारिसमा बिपन्न, गरिब र बेसहारा व्यक्तिहरुलाई पनि निःशुल्क सेवा दिइनेछ । त्यस्तै सेवा सञ्चालन गर्न महानगरले एम्बुलेन्स सेवालाई मासिक प्रति एम्बुलेन्स एक लाख बीस हजार रुपैयाँ अर्थात् १० वटालाई १२ लाख रुपैयाँ उपलब्ध गराउने छ ।
त्यस्तै संयुक्त व्यवस्थापनमा सञ्चालित एम्बुलेन्सको दायाँ बायाँ भागमा “काठमाडौं महानगरपालिकाको सहकार्यमा सञ्चालित एम्बुलेन्स सेवा” लेखिने उल्लेख रहेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।