शुक्रबार, चैत्र १६, २०८०

जग्गा अनियमितताको फाइल खोन्दै मन्त्रालय,काठमाडौँमा ४५० कित्ता जग्गा रोक्का

काठमाडौ बैशाख १५,  भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालयले दुरुपयोग गरिएको सरकारी जग्गाको अनुसन्धान गरी सरकारको अधिनमा ल्याउने उद्देश्यले काठमाडौँमा करीब ४५० कित्ता जग्गा रोक्का गरेको छ ।

गुठी तथा सरकारी स्वामित्वमा रहेका जग्गा जमीन व्यक्तिगत रुपमा खरीद बिक्री भएको पाइएपछि मन्त्रालयले काठमाडौँ उपत्यकाका विभिन्न मालमोत कार्यालयमा अनियमितताका फाइलको खोजी शुरु गर्नुको अलावा डिल्लीबजार मालपोत कार्यालयका प्रमुख विश्वराज मरासिनीको संयोजकत्वमा मन्त्रालयले एक साताअघि गठन गरेको कार्यदलको सिफारिसका आधारमा जग्गाको कित्ता रोक्का गरिएको जनाएको छ ।

मन्त्रालयका अनुसार यसअघि विभिन्न व्यक्ति, उद्यमी, राजनीतिकर्मीका आफन्तका नाममा राखिएको जनाउँदै विगतमा सरकारले अधिग्रहण गरी हिनामिना भएका जग्गाको पहिचान गरी अनियमित देखिएका जग्गालाई सरकारका नाममा फिर्ता गर्ने तथा अनियमिततामा संलग्न दोषिलाई कानूनी कारवाही गरिने मन्त्रालयले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।