शुक्रबार, बैशाख ७, २०८१

कमजोरीलाई सुधार्दै अघि बढ्ने मानिस नै महामानव : पूर्वमन्त्री बस्नेत

राम चन्द्र प्रजापति /भक्तपुर बैशाख १५,  पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले गल्ती र कमजोरी विनाको मानिस खोजेर नपाइने बताउँदै गल्ती र कमजोरीलाई सुधार्दै अघि बढ्ने मानिस नै महामानव हुने बताउनुभएको छ।  आईतवार नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको १०औं वार्षिकोत्सवको शुभारम्भ गर्दै पूर्वममन्त्री बस्नेतले यस्तो अभिव्यक्ति दिनु भएको हो ।

त्यस्तै उहाँले नेतृत्व पंति तथा अन्य सरोकारवाला निकायका संघ संस्थाले गुणात्मक रुपमा क्षमता विकास गर्दै अघि बढ्नुपर्ने बताउँदै अस्पतालको स्तरउन्नती गर्नुपर्ने र विरामीलाई सहज र सुलभ रुपमा उपचारको ग्यारेन्टी गर्नुपर्नेमा जोड दिदै संघ, प्रदेश तथा नगरपालिकाबाट आवश्यक बजेटको व्यवस्था गर्न तयार रहेको धारणा व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा प्रदेश नं.३ का सांसद डा। राजेन्द्रमान श्रेष्ठ, नेकपा भक्तपुरका अध्यक्ष बचन देउजा, मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ, उपप्रमुख अञ्जनादेवी मधिकर्मी लगायतले अस्पताले खेलेको र आगामीमा खेल्नुपर्ने भूमिकाको बारेमा चर्चा गर्दै उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु