शुक्रबार, बैशाख १४, २०८१

कार्यकारी निर्देशक घिसिङको व्यवस्थापकीय कुशलताबाट प्राधिकरण नाफामा  

काठमाडौ चैत २९ महालेखापरीक्षक कार्यालयले आज सार्वजनिक गरेको छपन्नौँ वार्षिक प्रतिवेदमा नेपाल विद्युत् प्राधिकरण गत आर्थिक वर्ष २०७४/७५ मा करीब रु तीन अर्ब खुद नाफा गर्न सफल भएको उलेख गरिएको छ । प्राधिकरणले विद्युत् चुहावट नियन्त्रण तथा तथा संस्थागत सुधारमा ध्यान दिइएका कारण खुद नाफा रु दुई अर्ब ८४ करोड ८१ कमाउँन सफल भएको जनाईएको छ ।

महालेखापरीक्षक कार्यालयले आज सार्वजनिक गरेको प्रतिवेदनमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ कार्यकारी निर्देशकमा हुनु पूर्व रु आठ अर्ब ८९ करोड खुद नोक्सानीमा रहेको प्राधिकरण उहाँको नियुक्ति पछि व्यवस्थापकीय कुशलताबाट मुलुकबाट विद्युत्भार कटौती अन्त्य हुुनुको अलावा प्राधिकरणलाई नाफामा लैजान पनि सफल हुनुभएको जिकिर गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।