बुधबार, बैशाख १२, २०८१

उच्च अदालतका लागि भएको न्यायाधीश नियुक्ति प्रक्रिया कानुन सम्वत

काठमाडौ चैत २९, तत्कालीन सर्वोच्चका प्रधानन्यायाधीश सुशीला कार्कीको अध्यक्षतामा २०७३ पुस २८ गते बसेको न्याय परिषद्को बैठकले उच्च अदालतका लागि सिफारिश गरेको ८० न्यायाधीश नियुक्तिको प्रक्रियाको सदर भएको छ ।   अधिवक्ता तोयानाथ ढुङ्गानाले सरकारी वकिलका तर्फबाट नायब महान्यायाधिवक्ता दुर्गाबन्धु पोखरेलले उच्च अदालतका लागि न्यायाधीश नियुक्तिको लागि भएको सिफारिस कानूनविपरीत भएको भन्दै बदरको माग गर्दै रिट दायर गर्नु भएको थियो ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश दीपककुमार कार्की, केदारप्रसाद चालिसे, मीरा खड्का र हरिकृष्ण कार्कीको संवैधानिक इजलासल नियुक्ति कानूनसम्मत भएको उल्लेख गर्दै नियुक्ति सदर गरेको सर्वाेच्च अदालतले जनाएको छ ।  यद्यपी नियुक्ति प्रक्रियाको सदर आजको इजलासले गरेपनि नियुक्त भएका न्यायाधीशले पद तथा गोपनीयताको शपथसमेत लिएर उच्च अदालतको न्यायाधीशका रुपमा काम गरिरहनुभएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।