शनिबार, बैशाख १५, २०८१

गुणस्तरीय शिक्षा आजको आवश्यकता काँग्रेस सभापति देउवा

काठमाडौ चैत ९,  शंकरदेव क्याम्पस स्टुडेण्ड अल्मुनाइले आज राजधानीमा आयोजित नेपालमा उच्च शिक्षाको व्यवस्थापनमा नयाँ दृष्टि’ विषयक एक दिवसीय गोष्ठीको उद्घाटन गर्दै नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले गुणस्तरीय शिक्षामा लगानी गर्नुपर्ने बताउँनु भएको छ ।

पल्लिो समय कलेज स्थापना गर्ने होडवाजी चलेपनि स्थापित कलेजले गुणस्तरीय शिक्षा प्रवाह गरिरहेको छ या छैन भन्ने विषयमा कुनै नियमन नभएको बताउँनु भएको छ ।  त्यस्तै उहाँले विश्वविद्यालयको हकमा पनि यहि प्रसंग लागु हुने बताउँदै गुणस्तरीय शिक्षा आजको आवश्यकता भएको बताउँनु भएको प्राप्त् समाचारमा उल्लेख गरिएको छ ।

त्यस्तै गोष्ठिमा काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधि, त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थ खनियाँ र त्रिभुवन विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा डा भीम सुवेदी लगायतले वोल्नु भएको समाचारमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।