शुक्रबार, बैशाख १४, २०८१

विप्लव’ नेतृत्वको नेकपाका मध्य कमान्ड इन्चार्ज वलीसहित ९ जना नेता पक्राउ

काठमाडौं चैत ९,  प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी मध्य कमान्ड इन्चार्ज ‘सुदर्शन’ भनिने हेमन्तप्रकाश वलीसहित ९ जना नेतालाई आज बिहान काभ्रेपलाञ्चोकबाट पक्राउ गरेको छ ।

महानगरीय प्रहरी अपराध महाशाखा, विशेष ब्यूरो र काभ्रे प्रहरीको संयुक्त टोलीले   काभ्रेको काफलडाँडाबाट ओलीसहित आठ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ओलीसहित धर्मराज राजबाहक, रामकृष्ण खतिवडा, शंकर अधिकारी, विजय श्रेष्ठ, ललित तामाङ, सञ्जीव कार्की, देव घिमिरे र लोकेन्द्र खड्का रहेका छन् । ओली चन्दपछिको तेस्रो वरियताका नेता रहेको प्रहरील जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।