शुक्रबार, बैशाख १४, २०८१

सरकारले मुलुकमा शान्तिसुरक्षा र न्यायको प्रत्याभूति दिन नसकेको सभापति देउवाको आरोप

सांसद प्रेम सुवालले मागे नागरिक उड्डयनमन्त्री अघिकारीको राजीनामा

काठमाडौ पुस ११,आजबाट सुरु भएको सङ्घीय संसद् अन्र्तगत प्रतिनिधिसभाको बैठकलाइ सम्बोधन गर्दै प्रमुख प्रतिपक्ष दल नेपाली काङग्रेका सभापति शेरबहादुर देउवाले सरकारले जनअपेक्षा अनुरुप मुलुकमा शान्तिसुरक्षा र न्यायको प्रत्याभूति दिन नसकेको बताउनुभएको छ ।  सम्बोधनको क्रममा सभापति देउवाले मुलकमा यत्र, तत्र, सर्वत्र शान्तिसुरक्षाको अवस्था फितलो रहेका कारण मुलकमा सरकारको उपस्थिती भएको अनुभूत गर्न नसकेको बताउँदै मुलुकमा बढ्दो हत्या र बलात्कारको घटना यसका ज्वलन्त प्रमाणभएको बताउँनु भएको छ । साथै उहाँले वलात्कारीका वास्विक दोषी पत्ता लगाउँनुको अलावा निर्दोष व्यक्तिलाइ आरोप स्वीकार गर्न लगाएर जबर्जस्ती फसाउने काम सरकारको तर्फबाट भइरहेको भन्दै सरकाको तिव्र आलोचना गर्नु भएको छ ।

त्यस्तैगरि सभापति देउवाले सरकार सङ्घीयता कार्यान्वयनसम्बन्धी कानून निर्माणको पक्षमा उदासिन भएको र यसअघि भएका डा गोविन्द केसी लगायतसँगको सम्झौता कार्यान्वयनको पक्षमा झनै उदासिन रहनु त्यस्तै विवादित संस्थाले आयोजना गरेको कार्यक्रमलाई सरकारले प्रत्यक्ष उपस्थिती जनाउँनुभनेको सरकारको वदनियत चरित्र भएको बताए ।

यसैवीच बैठकमा विभिन्न राजनीतिक दलका सांसदले शान्तिसुरक्षा तथा भ्रष्टाचारलगायत विषयमा सरकार र सदनको ध्यानाकर्षण गराउँने क्रममा त्यस्तैगरि नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराई ,राजपाका संयोजक राजेन्द्र महतो, सङ्घीय समाजवादी फोरम नेपालका सांसद राजेन्द्र श्रेष्ठ ,राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्र लिङदेन राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेल लगायतलेशान्तिसुरक्षाको सवालमा सरकार कमजोर सावित भएको बताए ।

त्यस्तै नेमकिपाका सांसद प्रेम सुवालले नेवानीकोको वाइड बडी जहाज खरीदमा घोटला भएको हुँदा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अघिकारीको राजीनामानै माग गरेका थिए ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।