शनिबार, बैशाख ८, २०८१

जग्गाको कीर्ते गर्ने मालपोत अधिकृतद्दय सहित ९ जना कर्मचारीविरुद्ध मुद्दा दायर

काठमाडौ पुस ११ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय डिल्लीबजारका मालपोत अधिकृत केशवप्रसाद नेउपाने र दमकका अधिकृत अग्नि घिमिरे सहित ९ जना कर्मचारीविरुद्ध विशेष अदालतमा आज मुद्दा दायर गरेको छ ।

आयोगद्दारा जारी विज्ञप्तिमा मालपोत कार्यालय, डिल्लीबजार र दमकका कर्मचारीको मिलेमतोमा टेकमाया आङहाङको नाममा रहेको झापा दमक नगरपालिका–४ मा रहेको कित्ता नम्बर ४८७३ र ४८७५ को जग्गाको कीर्ते जग्गाधनी खडा गरी बिक्री गरेको अनुसन्धानबाट खुलेका कारण जिहरुविरुद्ध  मुद्धा दायर गरेको उल्लेख गरिएको छ ।

यसरी जग्गा किर्तेमा मुद्धा दायर गरिएकाहरुमा मालपोत कार्यालय डिल्लीजारका मालपोत अधिकृत केशवप्रसाद नेउपाने, राजेन्द्र फुयाँल, नायब सुब्बा लक्ष्मणप्रसाद भट्टराई, खरिदार विजयभक्त श्रेष्ठ, त्यस्तैगरि मालपोत कार्यालय मालपोत अधिकृत अग्नि घिमिरे , नायब सुब्बाद्वय डिल्लीराम कोइराला र जयन्द्रराज खड्का रहेको आयोगले जनाएको छ ।

त्यस्तै आयोगले मुद्धा दायर गरेका अन्यमा मोरङका फौदराज लिम्बू र अभिवक्ता चन्द्रप्रसाद खनाल रहेको जनाउँदै निजहरुविरुद्ध कीर्ते जग्गाधनी दर्ता प्रमाणपुर्जा बनाई नक्कली जग्गाधनी खडा गरी मालपोत कार्यालय, डिल्लीबजारबाट २०६९ साल फागुन ३१ मा जिल्ला बाहिरको बेजिल्ले रजिस्ट्रेशनको लिखत पारित गराएको आयोगरहेको आयोगले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।