बुधबार, बैशाख १२, २०८१

कर्मचारी समायोजन अध्यादेशको सवालमा पुनःविचार हुन नसक्ने मन्त्री पण्डितको जनाउ

????????????????????????????????????

आफ्नो विवरण ‘इन्ट्री’ गरेर आफू समायोजन हुन चाहेको तह रोज्न सुझाव

काठमाडौ पुस १२ बुधवारबाट शुरु भएको संघीय संसदको बैठक देखि सडकसम्म ‘कर्मचारी समायोजन अध्यादेश, २०७५’ प्रति सर्वत्र विरोधको आवाज गुञ्जन भइरहेको अवस्थाकावीच संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले प्रतिनिधिसभाअन्तर्गत्को राज्य व्यवस्था तथा सुशासन समितिको बुधबार बसेको बैठकमा उनले सवै सरोकारवालासँग छलफल गरेरै अध्यादेश ल्याएका कारण कर्मचारी समायोजन अध्यादेशको सवालमा पुनःविचार नहुने बताउँनु भएको छ ।

त्यस्तै उहाँले सरकारले निजामती कर्मचारी समायोजनका लागि संघमा ४७ हजार ९२०, प्रदेशमा २२ हजार ७५५ र स्थानीय तहमा ६७ हजार ५०३ जनाको गरि देशभर एक लाख ३८ हजार १७८ जनाको दरबन्दी कायम भएको जानकारी दिदै आजैबाट सवै कर्मचारीलाइ समायोजन फारम भर्न आह्वान गर्नुभएको छ ।

त्यस्तै उक्त बैठकमा सांसदहरुले अध्यादेशप्रति कर्मचारीहरुले राखेका सरोकारका विषय सम्बोधन गर्नुपर्ने धारणा राख्दै गर्दा यसमा अव कुनै सुनवाइ नहुन] बरु २१ दिनभित्र आफ्नो विवरण ‘इन्ट्री’ गरेर आफू समायोजन हुन चाहेको तह रोज्न सुझाव दिनु भएको प्राप्त समाचारमा उल्ल्ेख गरिएको छ । साथै मन्त्री पण्डितले बैठकमा संसदले छिट्टै संघीय निजामती सेवा ऐन पेस गर्ने र त्यो पारित हुनेबित्तिकै संघ, प्रदेश र स्थानीय तहका लागि आवश्यक प्रादेशिक निजामती ऐन र स्थानीय सेवा ऐन पनि ‘ड्राफ्ट’को रुप संसदमा पेस गर्ने समेत जानकारी दिएको समाचारमा उल्लेख  गरिएको छ ।

स्मरण रहोस गत मंसिर २३ गते राजपत्रमा प्रकाशित गरिएको समायोजन अध्यादेश संघीय संसदका दुवै सदनमा छलफलका लागि पेस हुँदै गर्दा प्रतिपक्षी दल काँग्रेसले यसको विरोध गरेका थिए ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।