बुधबार, बैशाख २६, २०८१

एशिया प्यासिफिक समिटमा सरकार सहआयोजक नभइ सहयोगी मात्र भएको संयोजक एवम् पूर्व प्रम माधव नेपालको प्रष्टोक्ति 

काठमाडौ मंसिर १०,  पछिल्लो समय  सर्वत्र चर्चा र चासोको  विषय बनेको  गैरसरकारी संस्था युनिभर्सल पीस फेडेरेसन आयोजक  र नेपाल सरकार र सङ्घीय संसद् सहआयोजक रहने गरि  हुन लागेको  एशिया प्यासिफिक सम्मेलनका बारेमा जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा आयोजक समितिका संयोजक समेत रहेको पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले  प्रस्तुत  सम्मेलनमा नेपाल सरकार  सहआयोजक  नभइ सहयोगीका रुपमा मात्र रहको  बताउनुभएको छ ।

त्यस्तै उहाँले   मंसिर १४ देखि १७ गतेसम्म काठमाडौमा  सपन्न हुने  सम्मेलनमा सहभागी हुन आउँने विशिष्ट व्यक्तिलाई निमन्त्रणा गर्न र उहाँहरुको सुरक्षा तथा यातायात व्यवस्थापनका लागि सरकारको भूमिका हुने बताउँदै प्रस्तुत सम्मेलन     हल्ला  चलेजस्तो   क्रिश्चियन धर्मको प्रचारका लागि नभएको सम्मेलनमा सबै धर्मका मानिस र धर्मगुरुहरुको सहभागिता रहने बताए ।

त्यस्तै  सम्मेलनमा विभिन्न मुलुकबाट ७ राष्ट्रका सरकारप्रमुख तथा उपप्रमुख, पाँच प्रथम महिला, १० पूर्वराष्ट्र प्रमुख, एक उपप्रधानमन्त्री, पाँच सभामुख तथा उपसभामुख गरी ४५ देशका एक हजार ५०० विदेशी पाहुँना   अतिथिको रुपमा  सहभागि हुने सम्मेलन नेपालमा हुनु मुुलुकका लागि गौरवको विषय भएको जिकिर गर्दै  सम्मेलनमा विभिन्न ४५ देशका उच्च अधिकारीहरु सहभागीतामा शान्ति, विकास, सुशासन, जलवायु परिवर्तनलगायतका विषयमा छलफल हुने पत्रकार सम्मेलनमा जानकारी दिईएको  छ ।

त्यस्तै पत्रकार सम्मेलनमा  आयोजक समितिका सहसंयोजक  एवम पूर्वमन्त्री र  युनिभर्सल पीस फेडेरेसन नेपाल च्याप्टरका अध्यक्ष  एकनाथ ढकालले सम्मेलनको उद्घाटनपछि पाँच सत्रमा विभिन्न विषयमा छलफल हुने र उक्त  छलफल   सरकारको ‘समृद्ध नेपाल  सुखी नेपाली’को  भावनालाइ  सार्थकता दिन  सघाउ पुग्ने बताए   । साथै उहाँले सम्मेलनको अनुमानित खर्च रु २० करोड हुने  जानकारी दिदै यसमा नेपाल सरकारलाइ   कुनै आर्थिक व्ययभार नपर्ने जनाउ दिए ।

साथै पत्रकार सम्मेलनमा विगतमा नेपालमा केपी ओलीको नेतृत्वको सरकार गठन हुँदै गर्दा ओलीको नेतृत्वको सरकारलाई भारत र भाजपाको पूर्ण समर्थन रहेको अभिव्यक्ति सहित ओली नेतृत्वको सरकारबाट नेपालको कायापलट हुने अभिव्यक्ति दिदै चर्चामा आएका भारतीय जनता पार्टीका नेता विजय जोलीले आफु स्वयम हिन्दू धर्मका अनुयायी भएका कारण प्रस्तुत सम्मेलन गलत सोचबाट हुन लागेको नभइ नेपालको पवित्र भूमिमा नेपालको विकास लागि हुन लागेको बताए । साथै  प्रम ओली र पूर्व प्रम नेपालको सक्रियताका कारणनै  प्रस्तुत   अन्र्तराष्ट्रियस्तरको  सम्मेलन   नेपालमा  आयोजना हुन लागेको  र यसले नेपालको विकासमा  सघाउ पुग्ने उहाँको भनाइ रहेको  थियो । 

सम्मेलनबारे भ्रममा नपर्न अन्तरधार्मिक अगुवाहरुको आग्रह

यसैवीच  शान्ति र विकासका लागि अन्तरधार्मिक अभियानका लागि यूनिभर्सल पीस फेडेसनले नेपाल सरकार, संघीय संसद, आइक्याप, आइएपीपी लगायत संघ संस्था लगायत सँगको सहकार्यमा काठमाडौंमा  मंसिर १५ र १६ गते हुने एशिया प्यासिफिक शिखर सम्मेलनको पूर्ण सफलताको कामना कामना गरेको छ ।

 एशिया प्यासिफिक शिखर सम्मेलनका बारेमा प्रकाशित समाचार प्रति ध्यानाकर्षण भएको जनाउदै अभियानले एशिया प्यासिफिक र विश्व स्तरमै शान्ति, भाइचारा, सहिष्णुता र विकास अभिवृद्धि गर्ने अभिप्रायले आयोजित सम्मेलनको बारेमा कुनै भ्रममा नपर्न आग्रह गर्दै सबै क्षेत्र र समुदायलाई सक्रिय रुपमा सहभागि हुन आग्रह गरेको छ ।

साथमा यो पनि

नेपाल सरकार गैरसरकारी संस्था आयोजक भएको सम्मेलनको सहआयोजक हुनु लाचारीपनको पराकाष्ठा : काँग्रेस

समिटको नाममा युनिफिकेशन चर्च आवद्ध गैरसरकारी संस्थाको दवदवा ,मुलुकमा हिन्दू धर्मको विरोध र ईशाइको संरक्षण हुँदै

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।