बिहिबार, बैशाख १३, २०८१

सुरक्षित भविष्य सुनिश्चिताका लागि सामाजीक सुरक्षा योजनामा सहभागी हुन आव्हान

  काठमाडौं मंसिर १०, नेपालको संविधानको धारा ३४ को उपधारा २ मा उचित पारिश्रमिक सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हक सम्बन्धी गरिएको व्यवस्था अन्र्तगत सामाजिक सुरक्षाका क्षेत्रमा नयाँ युगको शुरुवात गर्ने लक्ष्य अनुरुप श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पहिलो सामाजिक सुरक्षा दिवसलाई उत्सवका रुपमा मनाउन र सामाजीक सुरक्षा योजनामा सहभागी हुन सबैमा अनुरोध गरेको छ ।

मन्त्रालयका अनुसार सामाजीक सुरक्षा योजनामा सहभागी बनौ सुरक्षित भविष्य सुनिश्चित गरौ भन्ने नाराका साथ प्रधानमन्त्री केपी ओलीले मङ्गलबार देशभर एकैपटक श्रमिकले लामो समय योगदान गरी रित्तो हात घर फर्कनुपर्ने अवस्थाको अन्त्य गर्दै सरकारले निश्चित अवधि सेवा गरेपछि निवृत्तीभरण (पेन्सन) प्राप्त गर्न सक्ने गरी निर्माण गरेको कार्यक्रम लागू भएको घोषणा गर्नुहुने बताईएको छ ।

 त्यस्तै प्रस्तुत कार्यक्रम लागू भएपछि सामाजिक सुरक्षाको मर्मबमोजिम औषधि उपचार, स्वास्थ्य एवं मातृत्व सुरक्षा, दुर्घटना तथा अशक्तता सुरक्षा र आश्रित परिवारको सुरक्षा र वृद्धावस्थाको सुरक्षा लगायतका कार्यक्रम मार्फत श्रमिकको सुरक्षित भविष्यका लागि प्रभावकारी हुने विस्वासगरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।