सोमवार, जेष्ठ ७, २०८१

समिटको नाममा युनिफिकेशन चर्च आवद्ध गैरसरकारी संस्थाको दवदवा ,मुलुकमा हिन्दू धर्मको विरोध र ईशाइको संरक्षण हुँदै

  • दुइ तिहाइ बहुमत प्राप्त नेकपा नेतृत्व सरकारको तेजोवोध

  • प्यासिफिक समिट २०१८’ को नाममा सार्वभौम मुलुकका  सरकारलाइ सहआयोजक बनाउँदै नयाँ  नाटकको मञ्चन हुँदै,  सरकार भने तैँ चुप मैँ चुप ..

काठमाडौं मंसिर ९,  विश्व हिन्दू महासंघ अन्र्तराष्ट्रियले  एसिया–प्यासिफिक समिट २०१८’ को  नाममा  मुलुकमा  धार्मिक विचलनताको नयाँ  नाटक मञ्चन हुने तयारी भइरहेको  प्रति  महासंघ र हिन्दू धर्मावलम्बी ओमकार परिवारको गम्भीर ध्यानाकर्षण भएको  जनाएको  छ ।

मुलुक धर्म निरपेक्ष  घोषणा गराउँन  अनेकन चलखेल  गर्दै  विभिन्न  पारुपमा सल्बलाइ रहेका  हिन्दू धर्म विरोधी विभिन्न  राष्ट्रिय र अन्तराष्ट्रिय संघ संस्थाले पछिल्लो समय यो वा त्यो नाममा नेपाल सरकारलाइ समेत आफ्नो प्रभावमा पार्दै प्रस्तावित कार्यक्रको सह–आयोजकको रुपमा प्रस्तुत गर्नु र नेपाल सरकार र सरकारमा आवद्ध पार्टीको तर्फबाट पूर्व प्रधानमन्त्रीको जिम्मेवारी समेत लिइसेको शिर्ष नेता सम्मेलनका आयोजक भनिएका युनिफिकेशन चर्चसँग आवद्ध विभिन्न संस्था सामु दुधेवालकका रुपमा जे भन्यो त्यो नै हवस भन्दै लागि पर्नु मुलुकको अस्मितालाइ नामेट गर्ने परिपञ्च भएको भन्दै महासंघले सरकार सरकारका रवैया प्रति आपत्ती जनाएको हो ।

महासंघका कावा अध्यक्ष  प्रमोद कुमार  चौरडियाद्दारा  जारी विज्ञप्तिमा   क्रिश्चियन नेता रेवरेन्द मुनद्दारा स्थापित  युनिफिकेशन चर्च आवद्ध  अन्र्तराष्ट्रिय गैर सरकारी संस्थाले सार्वभौम मुलुकका  सरकारलाइ सहआयोजक बनाउँदै हुन लागेको  उक्त सम्मेलनले दुइ तिहाइ बहुमत प्राप्त  नेकपा नेतृत्व सरकारको तेजोवोध मात्र गरेको नभइ सम्पूर्ण  ओमकार परिवार हिन्दू धर्मालम्वीको  आस्थामाथि गम्भीर प्रहार भएको उल्लेख गरिएको  छ । 

त्यस्तै सरकारको प्रस्तुत रवैया मुलत  मुलकलाइ धर्म निरपेक्षताको नाममा  इशाइ धर्मसंग एकाकार गर्नु रहेको आजको मितिभित्र प्रष्ट भएको जिकिर गर्दै सम्मेलन आयोजनार्थ सरकार र त्यस मातहतका विभिन्न मन्त्रालयको सक्रियता यसको ज्वलन्त प्रमाण भएको उल्लेख गरिएको छ ।    

 यसैवीच  प्रस्तुत  सम्मेलनको सवालमा  महासंघ अन्तराष्ट्रियकी महासचिव  अस्मिता भण्डारीसंग जिज्ञासा  राख्दा  उहाँले  भने-    हिन्दू धर्मावलम्बीका सर्वोच्च गुरु शंकराचार्यलाई निम्ता गरेर पनि मर्यादा नगर्ने तथा सन्त महन्तलाइ अपहेलना गर्ने , हिन्दू धर्मसंग सम्बन्धित चाड पर्वका बिदाहरु कटौति गर्ने   र हिन्दू धर्मका कार्यक्रमलाई निरुत्साहित गर्ने  जस्ता कार्यको  विश्लेषण  गर्ने हो भने  वर्तमान सरकार   वैदिक सनातन हिन्दू धर्मको बिरोधमा र ईशाइको संरक्षणमा    रहेको पुष्टि  भएको  बताउँदै यसको बिरोधमा सम्पूर्ण ओमकार परिवार एकजुट हुँदै    विश्वको  एक मात्रै हिन्दू देशको पहिचानलाई जोगाउँनु पर्ने बताए।

स्मरण रहोस, प्रस्तुत सम्मेलनलाइ लिएर संसदका प्रमुख प्रतिपक्षीदल नेपाली काँग्रेसले संस्थागतरुपमा युनिभर्सल पीस फेडेरेसन नामक गैरसरकारी संस्था आयोजक र नेपाल सरकार र सङ्घीय संसद् सहआयोजक भइ आगामी मङ्सिर १५ र १६ गते हायात रिजेन्सी होटलमा आयोजना हुन गइरहेको एशिया प्यासिफिक सम्मेलन प्रति गम्भीर आपत्ती प्रकट गर्दै  नेपाल सरकार र संसद्को लोगो अपमानजनक रूपमा प्रयोग गरेकोमा आपत्ति जनाउँदै शनिवार यस किसिमको कार्यक्रम देशका लागि गम्भीर रहेको बताएका छन ।  समिटको लागि वितरण गरिएको ‘निमन्त्रणा कार्डमा आइएनजीओको लोगो माथि राखिएको छ । नेपाल सरकार र संसद्को लोगो तल राखिएको छ । संवेदनशिल विषयमा सरकार गैरजिम्मेवार भएको देखियो । लोगोको अपमान भएको जनाउ दिदै  नेपाली काँग्रेसले   यस्तो कार्यका घोर विरोध गर्दै खेद प्रकट गरेको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।