सोमवार, जेष्ठ ७, २०८१

नेपाल सरकार गैरसरकारी संस्था आयोजक भएको सम्मेलनको सहआयोजक हुनु लाचारीपनको पराकाष्ठा : काँग्रेस

काठमाडौ मंसिर ८ ,संघीय संसदका प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले युनिभर्सल पीस फेडेरेसन नामक गैरसरकारी संस्था आयोजक र नेपाल सरकार र सङ्घीय संसद् सहआयोजक भइ आगामी मङ्सिर १५ र १६ गते हायात रिजेन्सी होटलमा आयोजना हुन गइरहेको एशिया प्यासिफिक सम्मेलन प्रति गम्भीर आपत्ती प्रकट गर्दै यस किसिमको कार्यक्रम देशका लागि गम्भीर रहेको बताउनु भएको छ ।

आज आयोजित पत्रकार सम्मेलनमा काङ्ग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले दुई तिहाइ बहुमतको कम्युनिष्ट सरकार एउटा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको सहआयोजक भई कार्यक्रम गर्नुपर्ने कारण के हो भन्ने प्रश्न गर्दै सम्मेलनको निमन्त्रणा कार्डमा सरकार र संसद् सहआयोजक रहेको उल्लेख गर्नु सरकारी लाचारीपनको पराकाष्ठा भएको र यो किमार्थ राम्रो सन्देश नभएको जनाउ दिनु भएको छ ।

त्यस्तै पत्रकार सम्मेलनमा प्रवक्रा शर्माले भने फेडेरेसनको लोगोमुनि नेपाल सरकार र सङ्घीय संसद्को लोगो राखिनु निमन्त्रणा समितिको अध्यक्षमा नेपालका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल लेखिनु सरकार अन्तर्राष्ट्रिय गैससको सहआयोजक हुनु दुइ तिहाइ बहुमत प्राप्त सरकारका लागि लज्जाको विषय भएको बताउँदै काँग्रेसले यस्ता कार्यक्रममा सहभागिता नजनाउने बताउँदै धर्मप्रचारका लागि हुने कार्यक्रमको सरकार सहआयोजक हुनु सामान्य नभई गम्भीर आपत्तिको विषय भएकाले यसलाई सच्याउन काङ्ग्रेसले जोडदार माग गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।