बिहिबार, बैशाख १३, २०८१

आईतवार सवै स्थानीय तह बन्द

काठमाडौ मंसिर ९,  बस दुर्घटनामा पाँच जना तिर्थयात्रीको मृत्यु भएको शोकमा आज‘आईतवार’ सप्तरीका सवै स्थानीय तह बन्द गरिने निर्णय गरेको छ । मृतक परिवारलाई क्रिया खर्च वापत २५-२५ हजारको दरले उपलब्ध गराउने निर्णय समेत भएको डाक्नेश्वर नगरपालिकाका मेयर शिवनारायण साहलाइ उदृत गर्दै प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

त्यस्तै समाचारमा सुनसरीको वराह क्षेत्र र चतराधाम दर्शन गरेर फर्केका यात्रु वोकेको को १ ख २७९९ नम्बरको बस अनियन्त्रित भईे भारदह–राजविराज सडकखण्ड अन्तर्गत इनरुवा नजिकै रहेको पोखरीमा खसेर दुर्घटना भएको हो । शुक्रवार राति भएको दुर्घटनामा परि डाक्नेश्वरी नगरपालिका वडा नम्बर ५ की ७० वर्षीया वेचनी देवी यादव, २ की ६० वर्षीया शिकिला देवी साह, ४ का ५५ वर्षीय दिनेश रजक, सोहि वडाकी ५० वर्षीया बौकीदेवी रजक र वडा नम्बर ५ की वर्षीया ६० भुखनी देवी यादवको घटनास्थलमै मृत्यु हुनको अलावा दुर्घटनामा ४८ जना यात्रु घाईते भएको उल्लेख गरिएको छ । घाइतेमध्ये गम्भिर भएका १४ जनालाई धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, विराटनगर स्थित नोवेल र न्यूरो अस्पतालमा उपचार भईरहेको छ । अन्य ३४ जनाको राजविराज स्थित गजेन्द्रनारायण सिंह अञ्चल अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।