शुक्रबार, बैशाख १४, २०८१

सरकारले जो रक्षक उही भक्षक’को चरित्र प्रदर्शन गर्दै सनातन हिन्दू धर्म नामेट गर्न लागेको महासंघको आरोप

 काठमाडौं मंसिर १२ , विश्व हिन्दु महासंघ अन्तराष्ट्रियले मंसिर १४ देखि १७ गतेसम्म काठमाडौमा  सपन्न हुने  भनिएको एशिया प्यासिफिक समिट २०१८ को सवालमा सत्तारुढदल नेकपा र पूर्व प्रधानमन्त्री समेत रहेका नेकपाका नेता माधव कुमार नेपालले देखाएको सक्रियता एवम् निर्वाह गर्दै आइरहेको भूमिका मुलत ९४ प्रतिशतभन्दा बढी ओमकार परिवारको भावनामाथि गम्भीर प्रहार भएको जनाएको छ ।

राजधानीमा आज एसिया प्यासिफिक समिटको आयोजनाले पार्ने दुरगामी प्रभावको सन्दर्भमा पत्रकार सम्मेलन मार्फत विश्वहिन्दु महासंघको धारणा सार्वजनिक गर्दै विभिन्न ४५ देशका उच्च अधिकारीहरुको सहभागीतामा शान्ति, विकास, सुशासन, जलवायु परिवर्तनलगायतका विषयमा राजधानीमा छलफल गर्दै विश्व स्तरमै शान्ति, भाइचारा, सहिष्णुता र विकास अभिवृद्धि गर्ने अभिप्रायले हुने भनिएपनि मुलत समिट क्रिश्चिय धर्म विस्तारका लागि भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ ।

महासंघ अन्तराष्ट्रियकी महासचिव अस्मिता भण्डारीले मुलुकभर हत्या हिंसा बढिरहेको समयमा शान्ति सुरक्षार्थ र जनताको सरोकारको विषय चासो राख्नुपर्ने समयमा सरकार क्रिस्चियन धर्म प्रचारमा लागेको बताईदै आज राज्यवाटै राष्ट्रिय स्वाधिनतामाथि खतरा पैदा भएको बताए ।साथै उहाँले सम्मेलनका आयोजक भनिएका चर्चसँग आवद्ध युनिभर्सल पीस फेडेरेसन संस्था सामु सरकार दुधेवालकका रुपमा जे भन्यो त्यो नै हवस भन्दै लागि पर्दै मुलुकको अस्मितालाइ नामेट गर्ने परिपञ्च भएको भन्दै महासंघले सरकार सरकारका रवैया आपत्ती जनक भएको बताए ।

त्यस्तै चौतर्फी दवाव र आलोचना पछि युनिभर्सल पीस फेडेरेसन नामक गैरसरकारी संस्था आयोजक र नेपाल सरकार र सङ्घीय संसद् सहआयोजककोरु पमा प्रचार गरिएको उक्त कार्यक्रमको सहआयोजकबाट नेपाल सरकारको नाम हटाइए पनि प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री तथा मन्त्रीहरुको कार्यक्रम यथावत रहनु भनेको जनताको आक्रोस आलोचनाबाट बच्न सरकारले सम्मेलनमा सहभागी हुन आउँने विशिष्ट व्यक्तिलाई निमन्त्रणा गर्न र उहाँहरुको सुरक्षा तथा यातायात व्यवस्थापनका लागि सरकारको भूमिका आवश्यक भएको जनाउ दिदै  सरकारले आफ्नो दोहरो भूमिका प्रर्दशन गर्दै मुलुकमा इशाइकरण वातावरणलाइ मलजल गर्दै आएको महासंघले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । यदि त्यस्तो नहुँदो हो त नेपाल सरकार सहआयोजकको भूमिकामा नरहेको जनाउ दिएसंगै प्रधानमन्त्रीलगायतका विभिन्न मन्त्रीहरुको संलग्नता र पूर्वनिर्धारित कार्यक्रम यथावत राख्नुले राज्य  स्वयमले जनतका आँखामा छारो हाल्ने काम गरेको प्रमाणित भएको जिकिर गरिएको छ।’

यहाँ सम्मकी जनताको आँखामा छारो हाल्न समिट आयोजक समितको संयोजक भनिएका नेता नेपाल र आयोजक समितिका सहसंयोजक   तथा युनिभर्सल पीस फेडेरेसन नेपाल च्याप्टरका अध्यक्ष  एकनाथ ढकालले जनताको आँखामा छारो हाल्दै समिट आयोजनाको घोषणा संगै बढ्दो जनदवाव एवम आलोचनालाइ मथ्थर पार्न रातारात नेपाल सरकार सहआयोजक नभइ सहयोगी भएको बताउँनु त्यस्तै सम्मेलनको लक्ष्य एक अन्तर निहित लक्ष्य अनेक अन्र्तगत क्रिश्चियन धर्मको प्रचार र विस्तारको लागि होइन पर्ने सूचना प्रवाह गर्न भारतीय जनता पार्टीका नेता विजय जोलीलाइ हिन्दू धर्मका कटटर अनुयायी भएको भन्दै प्रस्तुत गर्नु लगायतका कारण राज्य मुलकको सनातन धर्म नामेट गर्न लागि परको ज्वलन्त प्रमाण भएको जनाउ दिएकी छिन ।

पत्रकार ससम्मेलनमा महासंघका कार्यवाहक अध्यक्ष प्रमोद चौरडियाले राज्यको यो नियती अर्थात धर्मान्तरमा कुख्याति कमाएका संस्थालाई सरकारले प्रश्रय दिएर ‘जो रक्षक उही भक्षक’को चरित्र देखाएको बताउँदै भने समिटको नाममा विगतमा मुलुकलाइ धर्म निरपेक्षता घोषणा गराईयो अव क्रिश्चियनको प्रभावमा ॐ कार परिवार र सनातन हिन्दू धर्म नामेट गर्ने खेल सुरु गरेको आरोप लगाए । यसअर्थमा महासंघले समिटको विरोधमा र हिन्दूत्वको रक्षाको लागि विरोधका कार्यक्रम सञ्चालन गर्न हिन्दूवादीलाई आग्रह गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।