शुक्रबार, चैत्र १६, २०८०

नेकपा सचिवालय बैठकले टुङ्ग्याएको प्रदेश कमिटी सदस्यको नाम विहिवारमात्र सार्वजनिक गरिने : प्रवक्ता श्रेष्ठ

काठमाडौ मंसिर १२ , तत्कालीन नेकपा एमाले र माओवादी केन्दवीच पार्टी एकताभए उदय भएको नयाँ पार्टी केकपाको आज प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले सातै प्रदेश कमिटीका सदस्यको नाम टुङ्गो लगाएको छ ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकपछि सातै प्रदेश कमिटी एकीकरणको टुङ्गो लगाएको जानकारी दिएपनि प्रदेश कमिटीको सदस्यमा कोको रहेका छन भन्ने जानकारी विहिवारमात्र सार्वजनिक गर्ने बताए ।

साथै उहाँले अर्को बैठकले केन्द्रीय समितिका सदस्यको कार्यविभाजन, जनवर्गीय सङ्गठनको एकीकरण र जिल्ला समितिका मुख्य नेतृत्वको चयनको प्रक्रियाका सवालमा छलफल सुरु हुने भने पनि बैठक मिति तय भइनसकेको जनाए ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।