बुधबार, बैशाख २६, २०८१

यमपञ्चक अन्र्तगत आज ११ बजेर ५५ मिनेटको साइतमा भाइटीका पर्व मनाइदै

फाइल फोटो

काठमाडौं कार्तिक २३, यमपञ्चक अर्थात् तिहारको आज पाँचौँ दिन भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई मनाइँदैछ । वर्ष २०७५को भाइटीकाको साइत कात्तिक २३ शुक्रवार ११ बजेर ५५ मिनेटको साइतमा उत्तम रहेको जनाएको छ । यद्यपी भाइटीकाको टीका आज दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि मध्याह्न ११ बजेर ५५ मिनेटको समय उत्तम भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएके छ ।

भाइटीकाको क्रममा अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज, गणपत्यादि वनस्पत्यन्त देवताको समेत पूजा आजा गरी दिदीबहिनीले दाजुभाईलाई तेलको धाराले छेकेर परम्पराअनुसार सप्तरङ्गी टीका, मखमली, सयपत्री र गोदावरी लगायतका फूलका माला लगाइदिने गरिन्छ । त्यस्तै टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाईलाई ओखर, कटुस, मसला र सेलरोटीलगायतका खानेकुरा दिने र दाजुभाइले दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक परम्परा रहिआएको छ ।

यसैवीच दिदीबहिनी नहुनेका लागि आजैका दिन वर्षमा एक पटक आजैका दिन मात्र खुल्ने रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुलाइने भए पनि ३ वर्षअघिको महाभूकम्पका कारण उक्त मन्दिर क्षतिग्रस्त भएकाले मन्दिर बाहिर तस्वीर राखेर पूजा एवं दर्शन गर्ने व्यवस्था मिलाइएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।