बिहिबार, बैशाख १३, २०८१

न्हूदँ समारोह समितिले ने.स. ११३९को लागि प्रस्तावित कार्यक्रम मङ्सिर १० मा मनाउने

फाइल फोटो

काठमाडौं कार्तिक २३, नेपाल संवत् ११३९ न्हूदँ समारोह समितिले आगामी मङ्सिर १० गते शङ्खधर शाख्वाः दिवसको अवसरमा नयाँ वर्षको अवसरमा मनाइदै आएको कार्यक्रम मनाउने भएको छ ।

कात्तिक २२ गते मनाइने सास्कृतिक जुलुस सहितको नेपाल संवतको कार्यक्रम मानवअधिकारकर्मी पद्मरत्न तुलाधरको निधनका कारण समितिले नयाँवर्षको अवसरमा मनाइने सम्पूर्ण कार्यत्रलम स्थगित गरेका थिए । गरिएको थियो ।

सरकारले जनताको ऋणमोचन गरी जनस्तरबाट देशकै नाममा उक्त संवत् चलाएका शाख्वाःलाई विसं २०५६ मङ्सिर २ गते तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको सरकारले राष्ट्रिय विभूति घोषणा गरेको थियो भने  २०६५ गोवद्र्धन पूजाका दिन तत्कालीन प्रधानमन्त्री प्रचण्डले उक्त संवतलाइ राष्ट्रिय संवतका रुपमा घोषणा गर्नुभएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।