शनिबार, बैशाख १५, २०८१

मन्त्री पण्डितले भने-देश बनाउने सरकारको प्रयासलाइ बल पुर्याउँ

भक्तपुर कार्तिक २३ ,नेपाल संवत् १९३९ को अवसरमा विहिवार राष्ट्रिय विभूति शङ्खधर साख्वाः प्रतिष्ठानले मध्यपुरथिमि नगरपालिका शङ्खधर साख्वाः चोकमा शङ्खधर साख्वाको शालिकमा माल्याअर्पण कार्यक्रमलाइ सम्बोधन गर्दै सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले देश बनाउने नेतृत्व सरकारले गरे भएपनि सरकारको प्रयासलाइ बल पुर्याउँने काम देशका सबै नागरिकको भएको बताउँनु भएको छ ।

त्यस अवसरमा मन्त्री पण्डितले शङ्खधर साख्वाको बुलेटिन पनि बिमोचन समेत गर्नु भएको थियो ।  कार्यक्रममा नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठप्रतिनिधिसभा सदस्य महेश बस्नेत, मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ लगायतले शङ्खधर साख्वाले पु-याएको योगदान विषयमा चर्चा गर्नु भए���ो थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।