शुक्रबार, बैशाख १४, २०८१

नेविसंघको मास्क मुभमेन्ट: अभियान बाँच्न दे सरकार, श्वास फेर्न दे सरकार

काठमाडौ मंसिर १४, नेविसंघले उपत्यकाभित्र बढ्दो धूलो, धुवाँ सहितको वातावरण प्रदूषणको विरोधमा सरोकारवाला निकायको ध्यानाकर्षण का लागि ‘मास्क मुभमेन्ट’ अभियान शुरु गरेको छ ।अभियानको क्रममा नेविसङ्घले बाँच्न दे सरकार, श्वास फेर्न दे सरकार’ लेखिएको माक्स लगाएका थिए ।

नेविसङ्घका महामन्त्री कुुन्दनराज काफ्लेले सो अभियानको शुभारम्भ गर्दै हामीले सरकारसँग केही मागेका छैनौँ, स्वच्छ वातावरणमा बाँच्ने अधिकार मागेका सवकिर गर्दै धूलोकै कारण उपत्यकामा स्वास्थ्य समस्यामा गम्भीर संकट देखिएको बताउँदै यसका लागि सरकारले विशेष योजना बनानुपर्नेमा जोड दिएका थिए ।

काठमाडौँ उपत्यकाका सबै क्याम्पस अगाडि र विभिन्न चोकमा यो अभियान सञ्चालन गरिने उहाँको भनाइ छ । आफ्नो माग सुनुवाइ नभए नेविसङ्घले काठमाडौँ महानगरपालिका विरुद्ध आन्दोलनको घोषणा गर्नेसमेत जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।