शुक्रबार, चैत्र १६, २०८०

ओखलढुंगा सुनकोसी गाउपालिकाका विभिन्न विद्यालयमा नेविसंघको संगठन विस्तार

काठमाडौ मंसिर १५, नेपाल विद्यार्थी संघ ओखलढुंगा-काठमाडौं सम्पर्क समितिले संगठन बिस्तार अभियानलाई निरन्तरता दिदै ओखलढुंगा सुनकोसी गाउपालिकामा रहेका विभिन्न माबि स्तरीय कार्यसमिति बिस्तार गरेको छ ।

बिस्तार गरिएको कार्यसमितिमा सबिन पराजुलीको अध्यक्षता बल्खु माबिमा २५ जनाको कार्यसमिति त्यस्तैगरि सोहि विद्यालयको प्लस टुमा शिबराज राईको अध्यक्षतामा २१ जना कार्यसमिति बिस्तार गरिएको छ भने सुनकोशी मा बिकाृ प्लस टुमा रन्जना बास्तोला, कालिका मा बि प्लस टु मा युबराज राई, पञ्चकन्या माबिमा सर्मिला तिम्सिना, चौतारा माबिमा शलिन कुमार तामाङ, रसुस्मिता बानियाको अध्यक्षता प्रबुद्द माबि कार्यसमिति विस्तार गरिएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

समिति विस्तार कार्यक्रमलाइ सम्बोधन गर्दै नेबिसंघ ओखलढुंगा काठमाडौ सम्पर्क समितिका सभापति शम्भु गौतमले कांग्रेस बलियो बनाउनमा विद्यार्थीको हात महत्त्वपुर्ण हुने हुदा तल्लो तह बाटै खारिएर संस्कारको राजनीति गर्न दबाब दिनु पर्ने सभापति बताए ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।