शुक्रबार, चैत्र १६, २०८०

आठ वर्षीय वालक प्रयासका हत्याका आरोपी सार्की विरुद्ध अपहरण र कर्तव्य ज्यान मुद्दा

 काठमाडौ मंसिर १४ , गोङ्गबुस्थित स्वस्तिक त्रिवेणी गेष्ट हाउसका सञ्चालक प्रविण कुँवरका आठ वर्षीय छोरा प्रयासकोे अपहरणपछि हत्याका आरोपी स्याङ्जाका महेन्द्र सार्कीविरुद्ध अपहरण तथा कर्तव्य ज्यान मुद्दामा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

जिल्ला अदालत काठमाडौबाट आज पाँच दिनको म्याद थप गरी सो मुद्दामा अनुसन्धान थालिएको महानगरीय प्रहरी वृत्त महाराजगञ्जले जनाएके छ । होटल मालिकसँग तलब र जागिरको विषयमा विवाद हुँदा आवेशमा बालकको हत्या गरेको उनले स्वीकारेको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ ।

वयानको क्रममा सार्कीले मङ्सिर ११ गते होटलमा कोही नभएका बेला चकलेट खान दिई आफ्नै गाडीमा हालेर महेन्द्रले प्रयासको अपहरण गरेका थिए । सोही दिन बेलुका पौने ७ बजे नागार्जुनको जङ्गलमा लगेर घाँटी थिचेर हत्या गरी सामाखुसी खोलामा फ्याँकेको बताएका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।