आइतवार, बैशाख १६, २०८१

विश्व पोलियो दिवस : रोटरीद्रारा पोलियो उन्मुलनको लागि सचेतनामुलक र्याली

 काठमाडौ कार्तिक ८,  प्रत्येक वर्ष २४ अक्टोवरका दिन मनाइदै आएको विश्व पोलियो दिवस बुधवार नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ ।  दिवसका अवसरमा  रोटरी क्लव अफ न्यूरोड सिटीलेले पनि बुधवार राजधानीमा सचेतनामुलक सन्देश लेखिएको प्लेकार्ड सहित र्यालीको  आयोजना गरेका  छन । 

 र्याली को  सहभागीहरुले आइ वान्ट टु इन्ड पोलियो, इन्ड फर्म दि वल्र्ड नारा लेखिएको टिर्सट, पोलियो थोपा खुवाऔ पोलियो उन्मूलन गरौं, त्यस्तै मेरो चाहना विश्ववाट पोलियो उन्मुलनको कामना  लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए । त्यस्तै र्यालीमा रोटरी क्लव अफ न्यूरोड सिटी क्लवका जिम्मेवार पदाधिकारीहरुको उपस्थिती रहेको  थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।