शुक्रबार, बैशाख १४, २०८१

कामपाद्दारा न्यूरोडमा स्मार्ट पार्किङ निर्माणको लागि बोलपत्र आव्हान

  काठमाडौ भाद्र २०,  महानगरवासीले सवारी चापको समस्याका कारण सामना गर्दै आएको समस्यालाइ दृष्टिगत गर्दै काठमाडौ महानगरपालिकाले न्यूरोडस्थित धर्मपथको एक रोपनी १० आना जग्गामा एकै पटक ५०० वटा सवारी अट्ने ‘स्मार्ट पार्किङ निर्माणको लागि ’ स्थानीयले अपनत्व बोध गर्न सक्ने खालको पार्किङ भवन बनाउन इच्छा राख्ने कम्पनीले एकल वा संयुक्तरुपमै आवेदन दिन बोलपत्र आव्हान गरेको छ ।

सात तले बनाइने उक्त स्मार्ट पार्किङ भवनको प्रवेश मार्गमा ३० प्रतिशत हरियाली तथा सौन्दर्यीकरण सहित शारीरिकरुपमा अशक्तलाई समेत सहज हुने गरी पार्किङ भवनमा एक ठाउँबाट अर्को ठाउँमा पु-याउने व्यवस्था सहितको सुविधा हुने कामपाले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।