मङ्लबार, बैशाख २५, २०८१

स्थानीय तहलाइ आ-आफ्नै भवन निर्माणको लागि पाँचदेखि १५ करोडसम्म बजेट उपलब्ध गराइने

हानगर र नगरपालिकाका वडा कार्यालय बनाउन रु १करोड ५० लाख र गाउँपालिकाका वडा कार्यालय बनाउन १ करोड दिइने

 काठमाडौ साउन ३०, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आगामी ३ वर्षभित्र सवै स्थानीय तहको आ-आफ्नै भवन निमार्णको लागि रु पाँच करोड देखि १५ करोडसम्मको अनुदान दिने भएको छ ।

मन्त्रालयका अधिकारीका अनुसार भवन निर्माण अनुदान वितरणका लागि  स्थानीय तहको भवन प्रशासनिक निर्माणसम्बन्धी कार्यविधि–२०७५’ ल्याउन लागेको जानकारी दिएको छ । ति अधिकारीका अनुसार महानगरको भवन निर्माण गर्न रु १५ करोड, उपमहानगरपालिकालाई रु १० करोड, नगरपालिकालाई रु ८ करोड र गाउँपालिकालाई रु ५ करोड अनुदान दिइने मन्त्रालयको तयारी रहेको बुझिएको छ ।

त्यस्तै मुलुकुभरका ७सय ६३ स्थानीय तहमध्ये छ हजार ६६८ को सख्यामा रहेको वडाका कार्यालयलाय पनि भवन निर्माण अनुलान बजेट दिइने योजना मन्त्रालयको कार्यविधीमा रहेको जनाउँदै  महानगर र नगरपालिकाका वडा कार्यालय बनाउन रु १करोड ५० लाख र गाउँपालिकाका वडा कार्यालय बनाउन १ करोड दिइने व्यवस्था रहेको जनाएको छ ।

Publish on: Aug 15, 2018 

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु